काठमाडौं -नेकपा(एमाले)को भातृ संगठन युवा संघ नेपालको नेतृत्व फेरिएको छ। संघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन्।
केन्द्रीय समितिको बैठकले पौडेललाई अध्यक्षमा बनाउँदै संगठन पुर्नगठन गरेको हो। प्रदेश सांसदमा निर्वाचित भएपछि अध्यक्ष राजिव पहारीले राजिनामा दिएका थिए। ६ महिनाभित्र महाधिबेशन गर्ने गरी पौडेललाई महाधिबेशन आयोजक समितिको अध्यक्षका रुपमा जिम्मेवारी दिइएको हो।
त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा किरण पौडेल तथा उपाध्यक्षहरुमा क्रान्ति बुर्लाकोटी, गोविन्द थापा, हस्त शाही, परशुराम बस्नेत र प्रभात बिक्रम कटुवाललाई चयन भएका छन्।
यसअघि सचिव रहेका नरेश शाही महासचिवमा बढुवा भएका छन्।
संघको सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षितिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएका छन्।
कोषाध्यक्षको जिम्मेवारी अमित लामालाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।