काठमाडौँ- नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन्।
सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई सचेतकमा मनोनयन गरेका हुन्।
भुसाल समानुपातिक सांसद हुन्।
सभापति देउवाले प्रतिनिधिसभाको प्रमुख सचेतकमा बालकृष्ण खाण र दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनीत गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।