काठमाडौं– युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले राजिनामा दिएका छन्। राजधानीमा जारी केन्द्रीय समिति बैठकमा उनले बुधबार राजिनामा दिएका हुन्।
उनको राजिनामापछि बुधबार नै नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ। नयाँ अध्यक्षका लागि रमेश पौडेल, दिलु पन्त, नरेश शाही लगायतले दाबी गरेका छन्।
६ महिनाभित्र महाधिबेशन गर्ने सर्तमा पहारीलाई ३ वर्षअघि अध्यक्ष बनाइएको थियो। तर, उनले अधिबेशन गर्न सकेनन्। प्रदेशसभा सांसदमा निर्वाचित भएप्छि उनले राजिनामा दिएका हुन्।
६ महिनाभित्र अधिबेशन गर्ने गरी युवा संघ पुर्नगठन गर्न लागिएको हो। ४० वर्ष उमेर कटेका र जनप्रतिनिधिमा निर्वाचितहरुलाई युवा संघबाट बिदा गर्न लागिएको छ।
नयाँ नेतृत्व चयन तथा पदाधिकारी मनोनयनका लागि युवा संघको बैठक ललितपुरमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।