• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रौतहट नरसंहार : आलमका अर्का सहयोगी पक्राउ

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १७:५०
1140x725

काठमाडौं– करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको रौतहट नरसंहारका एक अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–६ का ३४ वर्षीय शेष सरोज भनिने शेष सराज रहेका छन्। उनलाई प्रदेश नम्बर २ को प्रहरी टोलीले बिहीबार बारास्थित नेपाल भारतको सीमा नाकाबाट पक्राउ गरिएको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले नेपाल लाइभलाई जानकारी दिए।

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिए। यसअघि आलमका अर्का सहयोगी मुक्ति शाह पनि पक्राउ परेका थिए। 

२०६४ चैत २७ गते रौतहटको राजपुरमा उक्त घटना भएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा पूर्वमन्त्री तथा सांसद मोहमद हफताब आलम अहिले जेलमा छन्। साह हाल जेलमा रहेका आमलका सहयोगी हुन्। आमलकै आदेशमा उनी मिस्त्री रहेको इँटा भट्टामा मान्छे हालेर मारिएको थियो।

यो पनि पढ्नुहोस्

 

रौतहट नरसंहार : अफताब आलमका सहयोगी पक्राउआइतबार, जेठ २५, २०७७

यस्तो छ घटना
२०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको साविकको राजपुरफरहदवा गाविस- ४ स्थित शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो।

बिस्फोटमा इद्रिसको घरको छानो समेत नष्ट भएको थियो। इद्रिस अहिले नख्खु कारागारमा रहेका आलमका काका हुन्। उक्त बिस्फोटमा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए।

भोलिपल्ट चैत २८ गते  संविधानसभा सदस्य चुनावको प्रचार प्रसारका लागि आलमले पिन्टु र ओसीलाई आफ्ना मान्छेमार्फत घरबाट लिएर गएका थिए।  

Ncell 2
Ncell 2


निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन भन्दै आलमको योजनामा काकाको घरमा बम बनाउने कार्यक्रम थियो। बम बनाउने क्रममा पिन्टु र ओसीसहित अन्य व्यक्ति पनि घाइते भएका थिए।

घाइते पिन्टु र ओसीले होसमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडी दिनुहोस् भनेका थिए। तर उनीहरुलाई छाड्दा उक्त बम बिस्फोटको घटना सार्वजनिक हुने भन्दै आलमको योजनामै उनीहरुले छाडिएन। उपचार गर्न पनि लगिएन।

त्यसपछि आलमकै योजनामा पिन्टु र ओसीलाई नजिकैको इँटा भट्टामा लगेर जिउँदै पोलेर हत्या गरिएको थियो।

उनीहरुलाई जिउँदै पोलेको देख्ने स्थानीय चश्मदीदले समेत बयान दिएका थिए। आलमकै योजनामा हत्या भएको जानकारी पाएपछि पिन्टु र ओसीका अभिभावकले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाई मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।

त्यसबेला रौतटह प्रहरीले किटानी जाहेरी लिएको थिएन। उक्त जाहेरी बार एशोसिएशनको रोहबरमा सनाखत भएको भए तापनि उक्त घटनाको विषयमा विपक्षीहरूलाई गम्भीर भई अनुसन्धान अगाडि बढाउन र अपराधीलाई कारवाही गर्न बारम्बार अनुरोध गर्दासमेत कुनै सुनुवाई नगरिएको पीडितको आरोप थियो। 

यो घटनाका बारेमा त्यसबेला इन्सेक, नेपाल वार एशोसिएशन तथा मानव अधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोगको माग गरेक थिए।

पछि उक्त मुद्दामा २०६५ असार ३० गते महान्यायाधिवक्ता कार्यालयबाट मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकीन हुन नसकेको साथै उनीहरुको मृत्यु हत्याबाट हुन गएको भन्ने पुष्टि हुन सकेको भन्दै हत्या देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा अहिले कसैउपर मुद्दा नचलाउने निर्णय भएको थियो। 

इँटा भट्टा तथा शेख ईद्रिसको गोठ घरको माटो परीक्षणको लागि त्यसबेला केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, महाराजगञ्ज, काठमाडौंमा पठाइको थियो। 

बालुवा जस्तो पदार्थमा मानिस जलाएको देखिन्छरदेखिँदैन भन्ने बारेमा विष्फोटक पदार्थ परीक्षण गर्ने सुविधा हाल यस प्रयोगशालामा नभएको भन्ने उत्तर प्रहरीको विधि विज्ञानले पठाएको थियो।

त्यसबेला आरोपित मध्येका शेख इद्रिसलाई पक्राउ गरिए पनि सबुद प्रमाण नपुगेको भन्दै जिम्मा जमानीमा छाडिएको थियो। उक्त मुद्दामा कपोलकल्पित व्यहोरा उल्लेख गरी अदालतसमक्ष दर्ता गराएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय, रौतहट गौरका तत्कालीन प्रमुख एसपी जयबहादुर चन्दको लिखित जवाफ दिएका थिए।

बम विष्फोटन भएको घटनास्थल मुचुल्का, बम विष्फोटनबाट पिन्टु र ओसी अख्तरलाई चोट लागेको देख्ने सराजुल मियाँ र ओहीद मियाँको कागजबाट घटना घटेको पुष्टि भएको थियो। घटनास्थलबाट बरामद भएको माटो तथा मृतक ओसी अख्तर मियाँको स्वीटर हाइनेक, कालो रङ्गको मोजा जोडी, कालो रङ्गको जुत्ता जोडी फेला परेको थियो। ती सबदुहरु रौतहट प्रहरीले २०६५ जेठ १९ गते जाँचका लागि पठाएको पत्रबाट पुष्टि भएको थियो।

प्रहरीकै पत्रमै यस्ता प्रमाण उल्लेख भएको अवस्थामा या त लास वा जीवित व्यक्तिको उपस्थिति प्रतिवादीले देखाउन सक्नु पर्नेमा आलमले देखाउन नसकेको भन्दै पीडित पक्षका अधिवक्ताद्धय केदारप्रसाद दाहाल र नारायणप्रसाद देवकोटाले सर्वोच्च अदालतमा बसहनोट पेश गरेका थिए।

हत्या अरोपितहरुले मृतकका बारेमा केही बताउन नसकेकाले यर्थाथ छानबिन गर्नुपर्ने देखिएको सर्वोच्चको ठहर थियो।

जसकारण घाइते अवस्थाका पिन्टु र ओसीलाई जिउँदै जलाई मारेको घटनाको सम्बन्धमा मुद्दा चलाउनु पर्ने अवस्था देखिएकोले मुद्दा नचलाउने भनी गरिएको रौतहट जिल्ला सरकारी वकील कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन सकारी वकील कार्यालय, हेटौंडाको निर्णयलाई सदर गर्ने गरी महान्यायाधिवक्ता कार्यालयको मिति २०६५ असार ३० गतेको निणर्य सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीले २०६९ जेठ १६ गते उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको थियो।

उक्त मुद्दाको गम्भीर रूपले अनुसन्धान गरी कारबाही गर्न समेत अदालतले आदेश दिएको थियो। सुशीला कार्की पछि प्रधानन्यायाधीश भईन्। उनीविरुद्ध कांग्रेसले महाभियोग प्रस्ताव नै ल्यायो।

अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गरेन। बरु आफ्नो छोराको हत्यारालाई कार्वाही गर्दै सर्वोच्चमा रिट दिएकी ओसीका आमा रोक्सना खातुनको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो। छोराको हत्यारामाथि कार्वाहीको माग गर्दागर्दै खातुनको हत्या भएको थियो। खातुनका हत्यारा पनि पक्राउ परेका छैनन्।  यसमा पनि शंकाको सुइ आलम तिरै सोझिएको थियो । 

सोही प्रकरणको फाइल प्रहरीले खोलेर अनुसन्धान गरेको थियो । त्यसपछि आलम पक्राउ परेका थिए । अहिले उनी जेलमा छन् ।  यही मुद्दाका अन्य व्यक्ति भने अझै फरा छन्।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्र... बिहीबार, माघ १५, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु मंगलबार राति पौने ११ बजेतिर घेवारचौरमा तामाङको मृत्यु घटनापछि अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग... बुधबार, माघ १४, २०८२
रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्