• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयकबाट नेकपाको लिंग पहिचान

दुर्गा दुलाल / डिबी खड्का बुधबार, असार १७, २०७७  ०८:२२
1140x725

काठमाडौं–अहिलेको नेकपामा ६० प्रतिशत हिस्सा भएको तत्कालीन नेकपा एमालेलाई लक्ष्य गर्दै तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले भनेको थिए-नेकपा एमाले, न पोथी, न भाले।

नेता भट्टराई नभए पनि त्यतिबेला उनी रहेको माओवादी पार्टीको ४० प्रतिशत हिस्सा वर्तमान नेकपामा छ। आरोप लगाउने र लाग्ने पार्टी मिसिएर बनेको पार्टीको अहिले आएर स्पष्ट रुपमा लिंगको पहिचान भएको छ। वर्तमान नेकपामा महिलाको सहभागीताको अवस्था हेर्दा पहिले नै ‘पुरुष पार्टी’ जस्तो थियो। अब उसले बनाउने धारणालाई लिएर हेर्दा पनि ‘पुरुष’ नै रहेको देखिन थालेको छ।

नागरिकता विधेयकमा पार्टीकै महिला सांसदहरुले गरेको जोडबल कमजोर भएको छ। लैंगिक समानताका विषयमा संविधानमै कमजोरी भए संशोधनका लागि अघि बढ्नुपर्नेमा सहयोद्धाको आवाजसमेत दबाइएको छ। राष्ट्रवादको छायाँमा पारिएको छ। त्यसो हुँदैनथ्यो भने नागरिकताका सवालमा ‘दोस्रो दर्जा’मा राखिएको उनीहरुको सवाल बहसको विषय हुन्थ्यो। आफ्ना विषयलाई पनि पार्टीले स्थान दिएको महसुस पार्टीकै नेतृहरुलाई हुन्थ्यो।

यसरी दबाइयो महिला सांसदको स्वर 
नागरिकता ऐन २०६३ लाई संघीय कानुन अनुसार बनाउन भन्दै गृह मन्त्रालयले २०७५ साउन २२ गते नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो।  प्रतिनिधि सभाले उक्त विधेयकमाथि दफावार छलफल गर्न र संशोधन गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो।

उक्त विधेयकमा नेकपाका महिला सांसदहरुले संशोधनको दर्ता गरे। सरकारले प्रस्ताव गरेको व्यवस्थामा संशोधन हाल्दै नेपाली महिलासँग विवाह गरेर आएका विदेशी पुरुषलाई समेत सर्त तोकेर नागरिकता दिनुपर्ने माग उनीहरुको थियो। संशोधन हाल्नेमा नेकपाका सांसदहरु रेखा शर्मा र अमृता थापाले नेतृत्व गरेका थिए।

राधाकुमारी ज्ञवाली, रामकुमारी झाँक्री, इन्दुकुमारी शर्मा, यशोदा गुरुङ सुवेदीले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी नागरिकलाई अंगीकृत नागरिकता प्रदान गर्दा समानता कायम गर्नुपर्ने पक्षमा थिए।

यसैगरी नेकपाकै सांसद बिन्दा पाण्डे, पवित्रा निरौला खरेल, शान्तिमाया पाख्रिन, कृष्णलाल महर्जन, केदार सिग्देल, कृष्णप्रसाद दाहाल र मैनाकुमारी भण्डारीले पनि नेपाली महिलासँग विवाह गरेर नेपालमै बस्न चाहने विदेशी पुरुषलाई वैवाहिक परिचयपत्र दिन सकिने भन्दै संशोधन हालेका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ भदौबाट विधेयकमाथि दफावार छलफल सुरु भयो। संशोधनकर्ता सांसदहरुले आफ्ना कुरा राखे। तर, सोही समितिकी सदस्य भएका कारण सांसदद्वय रेखा शर्मा र यशोदा सुवेदी गुरुङ अन्तिमसम्म डटिरहिन्। समितिकी सभापति शशी श्रेष्ठ खुल्न मिलेन तर उनीहरुको तर्कमा सहमत थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले गत असार ३ को बैठकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि र नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ वर्षपछि अंगीकृत नेपाली नागरिकता प्रदान गर्न सकिने प्रस्ताव श्रेष्ठले ल्याएकी थिइन्। यो प्रावधान नागरिकता सम्बन्धी ऐन २०६३ मा भएको व्यवस्थाको केही सुधारिएको रुपमा मात्र थियो। यस विषमा त्यो दिन कांग्रेस सांसदहरु मौन रहे। यो प्रावधानको नेकपाका सांसद पम्फा भुसाल, विजय सुब्बा, झपट रावलले विरोध गरेका थिए। भुसालले समितिको बैठकमा भनेकी थिइन्, ‘समानताभन्दा माथि राष्ट्रियता हुन्छ।’

उनको यो सवालसँगै राष्ट्रियताको छायामा परिरहेको नागरिकताको मुद्दा पूर्ण रुपमा त्यतै पुग्यो। तर पनि महिला सांसदहरुले समानताको हक खोस्न नहुने भन्दै सभापति श्रेष्ठलाई दबाब दिई नै रहे। त्यसपछि एकाएक संविधानमै नरहेको व्यवस्था विधेयकमा कसरी? भन्ने प्रश्न आउन थाले। सभापति श्रेष्ठ पछि हटिन्। नेकपा शीर्ष तहको नेतृत्वसँग पनि छलफल गरेकी उनले उक्त विषयलाई अन्तिम प्रतिवेदनमा राखिनन्।

यो पनि पढ्नुहोस्

नागरिकता विधेयक विवाद : संविधानका ४ वर्ष र समितिका ३४ बैठकमा कहाँ थियो कांग्रेस?मंगलबार, असार १६, २०७७

संविधानमा स्पष्ट छैन भन्दैमा नागरिकता नै दिनु हुँदैन भन्ने तर्क गलत रहेको सांसद सुवेदी बताउँछिन्। ‘हामीले संशोधन हाल्ने बेलामा संविधान विरोधी नहोस् भनेर हालेका थियौं। छोरीको हकमा दिनै हुँदैन नभनेकाले ११ को ७ र ८ मा केही व्यवस्था अनुसार गर्नुपर्ने हाम्रो मत थियो। यसरी दिँदा उसका लागि शर्तहरु राख्न सकिन्थ्यो। उपधारा ७ को मर्म नागरिकतावाट कसैलाई वञ्चित नगर्ने हो।’

हाल त्यही विषयलाई पार्टीको राजनीतिक एजेन्डा बनाइरहेको प्रतिपक्ष दलका सांसद समेत मौन रहे। ७ वर्षेमा नोट अफ डिसेन्ट लेख्ने निर्णय गरेको कांग्रेसले यस विषयमा बोल्न जरुरी ठानेन।

संविधानको विभेद सच्याउने मौका
संविधानमा नियत वा त्रुटिवश नेपाली महिलासँग विवाह गरेर आउने विदेशी पुरुषका विषयमा बोलिएन। जबकि महिलाका बारेमा स्पष्टै प्रावधान राखियो। व्यवहारिक पक्ष र जीवनशैलीका कुराहरु फरक होलान् तर कानुनमै विभेद देखिनु गलत हो। त्यो विभेद सच्याउन मौका सत्तारुढ दललाई थियो। यही विषयमा संविधान संशोधन गर्न सकिने अवस्था पनि आउँथ्यो भने पनि असहज थिएन।

ऐनमा एउटा प्रावधान राखेर अघि बढ्न सकिन्थ्यो। तर, नेकपाले त्यसो गरेन। नागरिकता विधेयकलाई नेकपाले पुरुषवादी मानसिकताबाट हेरेको आरोप पार्टीकै महिला सांसदहरुले लगाइरहेका छन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि नक्सामा राखेको मौसममा टुंगोमा पुर्‍याइको विधेयकलाई  नेकपाले राष्ट्रवादी दृष्टिबाट हेर्‍यो। नेकपा सांसद विजय सुब्बालगायतले ज्वाइँलाई नागरिकता दिँदा भारत तिब्बत दुवैतिरबाट खतरा रहेको रुपमा अर्थ्याइदिए। जसको असर नेकपा सचिवालयमा पर्‍यो। सचिवालय उक्त विषयमा मौन रहँदै विदेशबाट विवाह गरेर नेपाल आउने महिलाका विषयमा समेत कठोर बन्यो। ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने कुरामा सहमत भयो।

सधैंको सवालः नेकपा ‘पुरुष’?
नेकपा सचिवालयमा नागरिकताको विषय पुग्यो। तर, त्यहाँ ‘समानता’को विषय उठाउनका लागि महिला सदस्य थिएनन्। त्यसैले पार्टीले यस विषयमा ध्यान दिन जरुरी नठानेको हुनसक्ने एक नेकपा नेतृ बताउँछिन्। उनी भन्छिन्, ‘महिला सचिवालयमा भएको भने यो विषयमा पनि कुरा गर्नुपर्छ कमरेड भनिन्थ्यो। हामी कोही छैनौं। यो विषयलाई महत्त्व दिएर उठाउनेको प्रतिनिधित्व नै नभएपछि बहसकै विषय बनेन होला।’

नेकपाको वर्तमान सांगठनिक अवस्थालाई समावेशीताको दृष्टिबाट हेर्ने हो भने ‘नेकपा पुरुष’ जस्तो देखिन्छ। पार्टीका मुख्य ९ नेता रहेको सचिवालयले नै आकस्मिक महत्त्वका जुनसुकै विषयमा निर्णय लिन्छ र पछि त्यसलाई अन्य तल्ला समितिले अनुमोदन गर्दै जान्छन्। निकै महत्त्वको यो समिति समावेशी प्रतिनिधित्वको हिसाबले भने निकै असमावेशी छ। ९ सदस्यीय सचिवालयमा १ जना पनि महिला छैनन्। सातमध्ये एक प्रदेशको इन्चार्ज मात्रै महिला छन्। स्थायी कमिटीमा जम्मा दुई जना महिला छन्।

अझै पनि ठाउँ छ?
समितिमा अन्तिमसम्म लडेका महिला सांसदहरु रेखा शर्मा र यशोदा सुवेदीलाई अझै पनि संशोधन हुने आशामा छन्। नेकपाकै अर्की महिला सांसद बिन्दा पाण्डे पनि संविधानले नदिनू नभनेकाले यसमा सच्चाउन सकिने बताउँछिन्।

संविधानको धारा ११ को उपधारा ७ र ८ ले नेपाली महिलासँग बिहे गरेको र नेपालमै बस्न चाहेको पुरुषलाई नागरिकता लिनबाट वञ्चित गरिने छ नभनेकाले यसमा टेकेर विधेयकमा सच्चाउन सकिने उनीहरुको तर्क छ। 

के छ धारा ११ को ७ र ८ मा? 
संविधानको धारा ११मा नेपालको नागरिक ठहर्ने विषयको व्यवस्था गरिएको छ।

धारा ११ (७) मा विदेशी नागरिकसँग विवाह गरेको नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा नेपालनै स्थायी बसोबास गरेको र विदेशी मूलको नागरिकता प्राप्त गरेको रहनेछ भने संघीय कानुन अनुसार नागरिकता प्राप्त गर्न सक्ने भनिएको छ।

संघीय कानुन भनेको हाल राज्य व्यवस्थाबाट पारित भएको नागरिकता विधेयक भएकाले यसमा पनि सम्बोधन गर्नुपर्ने कतिपयको तर्क छ।

सांसद रेखा शर्मा संविधानको धारा ११को ६ जति महत्त्वपूर्ण छ, ७ पनि त्यति नै भएकाले यो विषय अझै पनि सम्बोधन हुन सक्ने बताउँछिन्। अर्की महिला सांसद यशोदा सुवेदी भन्छिन्, ‘यो व्यवस्थाले नागरिकता नदिनु त भनेको छैन। त्यसैले पनि अहिले बनेको संघीय कानुनमा समावेश गर्न सकिन्छ।’

उपधारा ८ मा नेपाल सरकारले संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्ने भनिएको छ। उपधारा ८ को व्यवस्थाले पनि नागरिकता दिनुपर्ने भनेकाले हालको विधेयकमा यो व्यवस्था अटाउनुपर्ने बिन्दा पाण्डेको तर्क छ।

यसरी विभेदमा परेकाहरुलाई अझै ‘भाञ्जाभाञ्जी’का रूपमा मानमर्दन पनि गरिएको नेकपाकी सांसद पाण्डेको टिप्पणी छ। 'नागरिकता सम्बन्धी यी समस्यालाई महिलाको मात्र समस्याको रूपमा चर्चा गरिएको छ,’  सांसद पाण्डेले भनिन्, ‘मुख्य कुरा आमाको एकल अभिभावकत्वमा हुर्काइएका छोराछोरीलाई राज्यविहीन बनाउने कि नबनाउने भन्ने हो। यो समस्याको मारमा महिलाभन्दा पुरुष बढी छन्।’

नेकपाका महिला सांसद के भन्छन्?

कानुन बनाउँदा हजुरबुबाको होइन, आउने पुस्तालाई हेर्नुपर्छ: बिन्दा पाण्डे

समितिबाट पारित हुँदैमा विधेयकमा अब समावेश हुने स्थान छैन भनेर सम्झन हुँदैन। चाहना हो भने अहिले पनि स्थान छ। नेपाली कांग्रेसले जुन दिन समय माग थियो, त्यो दिन पनि उनीहरुसँग समानता माग थियो। तर, पछि ऊ कसरी मधेसको मात्र भयो, थाहा छैन। छोरोको हकमा धारा ११ को उपधारा ६ ले संघीय कानुन बनाऊ र तोक भनेको छ तर महिलाका लागि नगर भनेको छैन।

समितिबाट पारित भएको धारा  ११ को ६ मा राखिएको सात वर्ष  छ।  त्यसले विदेशी ज्वाइँलाई रोक्दैन। तर यसमा संविधानलाई कन्जरभेटिभ (पुरातनवादी)  र प्रोग्रेसिभ (प्रगतिशील) भएर कसरी हेर्ने भन्ने कुरा हो।  नागरिकता नेपाली छोरीहरुले प्राप्त गर्ने अधिकार हो। छोरीमात्र हुने परिवारमा ज्वाइँ आउन सक्छन् भन्ने सोच अब राख्नुपर्छ। हिजोको हजुरबुवाको पुस्तालाई सोचेर हैन अब यो पुस्तालाई पनि हेर्नुपर्थ्यो।

छोरीहरुले विदेशीहरुलाई बिहे गरेमा परिवारको हकलाई कायम गर्दै र सम्पत्तिको हकलाई उपयोग गर्दै यहाँ नै बस्न सक्छन् भन्ने सोच अब विकास गर्ने पर्छ। बिहे गरेर विदेश नै जान्छन् भन्ने रुढीवादी दलको नेतृत्वले अब उक्त सोच फेर्नुपर्छ। सबै कुरा राष्ट्रवादमा जोडेपछि सकिने रहेछ। 

राज्यले विभेदकारी निर्णय गर्न हुँदैन। संविधानमा समस्या थिएन। बुबाआमाको पालो हेरेर कानुन बनाउँदै गएमा कता पुगिएला? कसैको घरमा छोरीमात्रै छ ऊ नेपालमै बसेर आमाबाबुको संरक्षण गर्न नपाउने हो र? यी विगतमा राखिएको सोच नेकपासहित सबै पार्टीका कायम रहँदा समस्या पुरानै अवस्थामा फर्केको हो? अब यसले चल्दैन। नयाँ युवा पुस्ता फरक अवस्थामा पुगिसकेको छ। समाज सोचेर कानुन बनाइदैन भने भोलिको पुस्ताले त्यसलाई मान्दैन।

पार्टीमा पितृसत्तावादी सोच हामी भयो: यशोदा सुवेदी

हामीले छोरा र छोरीमा विभेद नगरौं भन्ने थियो। समान गरौं भन्नेमा सबै सुरुमा सहमत थिए। सर्त नराखौं भन्नेमा समितिमा लगभग एकमत थियौं। विदेशी नागरिकका संविधानमा विभेदमा छ। संविधानले ११ मा  ६ मा छोराको छ। छोरीको हकमा यसरी लेखिएको छैन। संविधान मौन छ। तर संविधानमा स्पष्ट छैन रे भन्दैमा नागरिकता नै दिनु हुँदैन भन्ने तर्क गर्न हुँदैन। हामीले संशोधन हाल्ने बेलामा संविधान विरोधी नहोस् भनेर हालेका थियौं।

छोरीको हकमा दिनै हुँदैन नभनेकाले ११को ७ र ८ मा केही व्यवस्था अनुसार गर्नुपर्ने हाम्रो मत थियो। यसरी दिँदा उसका लागि शर्तहरु राख्न सकिन्थ्यो। उपधारा ७ को मर्म नागरिकताबाट कसैलाई वञ्चित नगर्ने हो। यसले नेपाली महिलासँग बिहे गरेको विदेशी ज्वाइँ नेपालको नागरिक बन्न सक्छ भन्ने अभिप्राय देखिन्छ। दोस्रो धारा ११ को ८ मा विदेशीलाई नदेऊ भनेको पनि छैन।

यही कानुन बनाउँदा निर्धारण गर्ने भएकाले हामीले यसको माग गरेका थियौं। दर्शन, अर्थशास्त्र लगायतका क्षेत्रमा उल्लेख्य योगदान गरेको विदेशीलाई अंगीकृत नागकिरता दिने अभ्यास विगतमा थियो। यो अभ्यासले उच्च घरानियाँले पाउने तर सर्वसाधारणले नपाउने भएकाले हामीले यस्तो माग गरेका थियौं। केही शर्त राखौं र सबै मापदण्ड पुगेको मानिसलाई पनि दिनुपर्ने हाम्रो माग थियो।

अलि-अलि विभेद भए पनि नागरिकता पाउने थिए। हामीले संशोधनको समयमा सर्तसहित १५ वर्ष राखौं भनेका थियौं। यसले अहिले केही अन्याय जस्तो देखिएपछि छोरो छोरीको हकमा अन्याय हुने थिएन। पार्टीभित्र पृतिसत्तावादी सोच देखियो। संविधान पनि सोही सोचबाट आएका थियो।

संसारमा महिला अनागरिक र पुरुष नागरिक भनिँदैन हाम्रो मात्र यस्तो भयो। पितृसत्ताबाट सोचबाट यो भएको थियो। हाम्रो फरक मत हुँदा हुँदै पनि सकिएन।  राष्ट्रवादी जलप लाग्दा महिलाको हक राख्न  सम्भव भएन। राष्ट्रियता समानताभन्दा माथि राख्न पर्दा हामीले गुमाउन परेको हो। विदेशी महिलामात्र नभई पुरुषबाट हुन्छ भन्ने सोचिएन। महाकाली सन्धि अंगीकृतले गरेको हो र होइन नि? सुगौली सन्धि कसले गरेको हो जस्ता कुरा पनि आउँछन्। यो एउटा प्रवृत्ति हो।

अझै पनि स्थान छ:  रेखा शर्मा


कानुनले कहिँ पनि नेपाली महिलासँग बिहे गरेको विदेशी पुरुषलाई नागरिकताबाट वञ्चित गरिने छ भनेको छैन। संविधानको धारा ११ को ७ र ८ ले दिने नै भनेको छ। उपधारा ६ ले जसरी बुहारीको हकमा संघीय कानुन भनेको छ ७ ले ज्वाइँको हकमा पनि त्यसैगरी सम्बोधन गर्नुपर्ने भनेको छ। ६ लाई समेट्ने तर ७ लाई नसमेट्ने भन्ने कुरा हुन सक्दैन। कानुन सबैका लागि बन्ने भएकाले अझै पनि यो समेट्नुपर्ने पक्षमा हामीहरु रहेका छौं। समितिमा हामीले यही अडानका साथ सुरुदेखि अन्तिमसम्म संघर्ष गरेका थियौं। तर अन्तिममा राष्ट्र र राष्ट्रवादी हुने नारा प्रवेश भएपछि हामी पछि हटेका हौं। अझै पनि यसलाई सहभागी गराउनुपर्ने पक्षमा हामी छौं।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ। बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्