• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् दिवस : मध्यरातमा बसेको थियो पहिलो संसद्को‌ पहिलो बैठक
64x64
किशोर दहाल मंगलबार, असार १६, २०७७  १३:५६
1140x725
पहिलो संसद बैठक बसेको सिंहदरबारस्थित ग्यालरी बैठक

काठमाडौं- नेपाल अधिराज्यको संविधान, २०१५ ले दुईवटा सदनको व्यवस्था गरेको थियो। संविधानको धारा १८ मा भनिएको थियो- श्री ५ महाराजाधिराज र महासभा तथा प्रतिनिधिसभा नामका दुई सदनसहितको एक संसद रहनेछ।'

पाँच वर्षे समयावधि रहने प्रतिनिधिसभामा १ सय ९ जना सदस्य हुन्थे। महासभामा ३६ जना सदस्य रहने व्यवस्था थियो। तीमध्ये १८ जना राजाबाट मनोनित हुन्थे। बाँकी १८ जना प्रतिनिधिसभाबाट निर्वाचित हुन्थे। दुवै तर्फबाट प्रतिनिधित्वका लागि संविधानमा अलगअलग व्यवस्था गरिएको थियो भने महासभा सदस्यको पदावधि ६ वर्ष हुने व्यवस्था थियो। 

प्रतिनिधिसभाका लागि २०१५ फागुन ७ गतेदेखि निर्वाचन भयो। सो निर्वाचन ४५ दिनसम्म अर्थात् चैत २८ गतेसम्म चल्यो। मतदान सकिएको क्षेत्रको मतगणना पनि गर्ने तरिका अपनाइएको थियो।

निर्वाचनमा ९ वटा राजनीतिक दलले मात्रै भाग लिए। बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले रुख, रणधीर सुब्बा नेतृत्वको नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले झोपडी, डा केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीले धानको बाला, डा केशरजंग रायमाझी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकैको घोगा र हँसिया, टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजा परिषद्ले घन कोदालो, भद्रकाली मिश्र नेतृत्वको नेपाल प्रजा परिषद्ले हलो, डा डिल्ली रमण रेग्मी नेतृत्वको राष्ट्रिय कांग्रेसले छाता, वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले टाउकोमा गहुँको बिटो बोकेको किसान, रंगनाथ शर्मा नेतृत्वको प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न पाएका थिए।

चुनावमा नेपाली कांग्रेसले १ सय ८, गोर्खा परिषद्ले ८६, नेकपाले ४७, प्रजा परिषद् (आचार्य)ले ४६, प्रजा परिषद् (मिश्र)ले ३६, तराई कांग्रेसले २१, राष्ट्रिय कांग्रेसले २० र प्रजातान्त्रिक महासभाले ६८ क्षेत्रमा उम्मेदवारी दिएका थिए। निर्वाचनमा राजनीतिक दलका तर्फबाट ५ सय १८ र स्वतन्त्र तर्फबाट २ सय ६८ उम्मेवार भए। 

सो निर्वाचनमा कांग्रेसले सर्वाधिक ७४ सिट जित्यो। त्यस्तै,  नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, नेपाल कम्युनिस्ट पार्टीले ४ सिट जिते। बाँकी सिटमा केही स्वतन्त्र उम्मेदवार र केही अन्य दल आए।  

मध्यरातमा पहिलो बैठक
निर्वाचन सकिएको कैयौं हप्तापछि २०१६ असार १६ का लागि प्रतिनिधिसभाको पहिलो बैठक बोलाइएको थियो। सिंहदरबारमा असार १६ गते मध्यरातमा प्रतिनिधिसभाका सदस्यहरु उपस्थित भएपछि पहिलो बैठक प्रारम्भ भयो। ११:४५ भनेर समय तोकिए पनि बैठक १२ बजे सुरु भएको थियो।

‘आषाढ १६, २०१६ मध्यरात्रि प्रतिनिधिसभाका सबै सदस्यहरु एकत्रित भएपछि सचिचद्वारा श्री ५ महाराजाधिराजका प्रमुख सचिवबाट प्राप्त निम्नलिखित पत्र सभा समक्ष पढेर सुनाइयो’, संसदको सो दिनको रेकर्ड उतारिएको संसद सचिवालयको विवरणमा भनिएको छ। पत्र संसद सचिवालयका सचिव कुलशेखर शर्माले पढेर सुनाएका थिए।

Ncell 2
Ncell 2

‘प्रतिनिधिसभाको नियमावली २०१६ को दफा १३ अनुसार नियमित रुपले प्रतिनिधि सभाको कामकाज चलाउनका लागि गुल्मी पूर्व क्षेत्र नं ८९ बाट निर्वाचित भएका श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न श्री ५ महाराजाधिराजका हजुरमा श्री प्रधानमन्त्रीज्यूले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधि सभाको कम चालु गर्नालाई श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न स्वीकृति प्रदान गरिबक्सेको छ’, दरबारका सचिव हंसमान सिंहको पत्रमा उल्लेख थियो।

‘अनि, सचिवले बुढाथोकीलाई सपथ ग्रहण गराएपछि श्री गिरिप्रसाद बुढाथोकीले श्री ५ महाराजाधिराजप्रति भक्तिपूर्वक कृतज्ञता प्रकट गर्दै अध्यक्षासन ग्रहण गर्नुभयो’, संसदको रेकर्डमा उल्लेख छ।

त्यसपछि कार्यकारी अध्यक्षको आदेशअनुसार सचिवद्वारा उपस्थित सदस्यहरुलाई सपथ ग्रहण गराइएको उल्लेख छ।

त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए। नेपाली कांग्रेसका नेताहरु सुवर्ण शमशेर तीन र शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले प्रतिनिधिसभाका तीन सिट खाली थियो।

सपथ ग्रहणपछि सचिवद्वारा श्री ५ का प्रमुख सचिवबाट प्राप्त पत्र सभामा पढेर सुनाइएको थियो। पत्रमा भनिएको थियो-
श्री संसद सचिवालय सिंहदरबार
प्रतिनिधि सभा नियमावली २०१६ को भाग ३ को दफा ९ को १ बमोजिम प्रतिनिधिसभाको सभामुखको निर्वाचनलाई २०१६ आषाढ १८ गते रोज ५ का दिन निर्वाचन गर्नू भन्ने हुकुम बक्सेको छ।
सरदार हंसमान सिंह
प्रमुख सचिव

त्यसपछि बैठक असार १८ गते बिहीबार दिउँसो ३ बजेका लागि स्थगित भएको थियो। समय पनि उतारिएको संसद सचिवालयमा सुरक्षित रेकर्डमा बैठक स्थगित हुँदाको समय २ बजेर १० मिनेट उल्लेख छ।

संसदमा सुरक्षित सो दिनको कामकारबाहीको रेकर्डः

मध्यरात: दरबारको अनौठो रोजाई
दरबारले २०१६ असार ४ गते सूचना प्रकाशित गरी प्रतिनिधिसभाको पहिलो अधिवेशन २०१६ असार १६ गते राति ११:४५ बजेका लागि आह्वान गर्‍यो। २०१६ असार ४ मा दरबारबाट जारी सूचनामा भनिएको थियो, 'प्रतिनिधिसभाको पहिलो बैठक २०१६ असार १६ गते रोज ३ (मंगलबार) का दिन ११.४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिएको छ।

अहिलेजस्तो ट्याक्सी नपाइने, सांसदहरुको निजी सबारी साधन पनि नहुने र काठमाडौंमा घना बस्ती नभएको र सिंहदरबार वरिपरिका फाँटमा रातमा स्याल गराउने कारण मध्यरातमा संसद बैठकसम्म पुग्न धेरैका लागि कठिन थियो। केही सांसदहरु मन्त्रीको गाडी चढेर ग्यालरी बैठकमा पुगे पनि अधिकांश हिँडेरै पुगेका थिए।  तर, पनि सांसदहरुको सपथ ग्रहण उत्साहपूर्वक रह्यो। 

मध्यरातमा बैठक बोलाउनुको कारणबारे २०१६ असार १७ गतेको गोरखापत्रमा भनिएको छ- 'असार १६ गते श्री ५ महाराजधिराज महेन्द्रको शुभजन्मोत्सव र असार १७ गते स्वर्गीय श्री ५ त्रिभुवनको जन्मजयन्ती। दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्त पारी सभाको पहिलो बैठक असार १६ गते मध्यरातमा बसेको हो।'

तर, दरबारले अशुभ साइत हेरेर बैठकको समय निर्धारण गरेको कतिपयको संस्मरण, लेख तथा पुस्तकहरुमा पढ्न पाइन्छ। महत्त्वपूर्ण काम सुरु गर्नुअघि साइत हेराउने र त्यसै अनुसार शुभ अशुभ निर्धारण गरेर काम सुरु गर्ने प्रचलन यद्यपि समाजमा छ। दरबारमा पनि थियो नै। राजा महेन्द्रका बारेमा यस्ता प्रसंग झन् बढी सुनिन्छन्।

'त्यही समयमा बैठक सुरु गरियो भने संसद धेरै चल्दैन भन्ने ज्योतिषीहरुको सल्लाहमा राजाले राति ११:४५ बजे नै बैठक बोलाएका थिए', जगत नेपालको पुस्तक 'पहिलो संसद्' मा विश्वबन्धु थापाको भनाई उल्लेख छ। थापा सो संसदमा कांग्रेसका मुख्य सचेतक भएका थिए।

तर त्यतिबेला सांसदहरुले मध्यरातमै किन भन्ने कुरामा महत्त्व दिएका थिएनन्। हरिबहादुर थापाको एउटा लेखमा उनै थापाको भनाई उल्लेख छ- 'दरबारबाटै मध्यरातका निम्ति बैठक आह्वान भएको हो, हाम्रा कारणले होइन । पहिलो बैठक खराब बेलामा पारौं भन्ने उसको नियत हुन सक्छ। तर हामीले नाइँ या हुँदैन भनेनौं । अझ त्यतिबेला त्यसलाई त्यति महत्त्व पनि दिइएन।'

मध्यरातबारे बहस नहुनुको अर्को कारण पनि हुनसक्थ्यो। नजिकको छिमेकी र नेपालले संसदीय अभ्यासको उदाहरण पछ्याउन सक्ने भारतमा पनि त्यस्तै भएको थियो। अंग्रेजको उपनिवेशनबाट मुक्त भएपछि संसदको पहिलो बैठक मध्यरातमै सुरु गरिएको थियो।

दुई अधिवेशन
प्रतिनिधिसभाको पहिलो अधिवेशन २०१६ साल असार १६ गतेबाट सुरु भएको थियो। त्यो अधिवेशन असोज २१ गतेसम्म लम्बियो। यसबीचमा जम्मा ४७ वटा बैठकहरु बसेका थिए। असार १८ गते सभामुखको निर्वाचन र २६ गते महासभा सदस्यहरुको चयन भयो। साउन ६ गते राजाले दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। साउन २५ गते अर्थमन्त्री सुवर्ण समशेरले आर्थिक वर्ष २०१६/१७ को बजेट वक्तव्य सदनमा पेश गरेका थिए।

प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०१६ साल चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थियो। यस बीचमा ९४ वटा बैठक बसेका थिए। 

महासभाको पहिलो अधिवेशन २०१६ साउन ४ गतेबाट सुरु भई असोज २२ गतेसम्म लम्बियो। यसबीचमा ४५ वटा बैठक बसेका थिए।

महासभाको दोस्रो अधिवेशशन २०१६ चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थयो। यसबीचमा ८५ वटा बैठक बसेका थिए।

सन्दर्भ सामाग्री
•    पहिलो संसद : बीपी-महेन्द्र टकराव- जगत नेपाल
•    मध्यरातका अशुभ साइत-शृंखला- हरिबहादुर थापा 
•    संसद दर्पण- वर्ष ५, अंक १९

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १३:५६
  • #पहिलो_संसद्

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्