• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् दिवस : मध्यरातमा बसेको थियो पहिलो संसद्को‌ पहिलो बैठक

64x64
किशोर दहाल मंगलबार, असार १६, २०७७  १३:५६
1140x725
पहिलो संसद बैठक बसेको सिंहदरबारस्थित ग्यालरी बैठक

काठमाडौं- नेपाल अधिराज्यको संविधान, २०१५ ले दुईवटा सदनको व्यवस्था गरेको थियो। संविधानको धारा १८ मा भनिएको थियो- श्री ५ महाराजाधिराज र महासभा तथा प्रतिनिधिसभा नामका दुई सदनसहितको एक संसद रहनेछ।'

पाँच वर्षे समयावधि रहने प्रतिनिधिसभामा १ सय ९ जना सदस्य हुन्थे। महासभामा ३६ जना सदस्य रहने व्यवस्था थियो। तीमध्ये १८ जना राजाबाट मनोनित हुन्थे। बाँकी १८ जना प्रतिनिधिसभाबाट निर्वाचित हुन्थे। दुवै तर्फबाट प्रतिनिधित्वका लागि संविधानमा अलगअलग व्यवस्था गरिएको थियो भने महासभा सदस्यको पदावधि ६ वर्ष हुने व्यवस्था थियो। 

प्रतिनिधिसभाका लागि २०१५ फागुन ७ गतेदेखि निर्वाचन भयो। सो निर्वाचन ४५ दिनसम्म अर्थात् चैत २८ गतेसम्म चल्यो। मतदान सकिएको क्षेत्रको मतगणना पनि गर्ने तरिका अपनाइएको थियो।

निर्वाचनमा ९ वटा राजनीतिक दलले मात्रै भाग लिए। बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले रुख, रणधीर सुब्बा नेतृत्वको नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले झोपडी, डा केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीले धानको बाला, डा केशरजंग रायमाझी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकैको घोगा र हँसिया, टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजा परिषद्ले घन कोदालो, भद्रकाली मिश्र नेतृत्वको नेपाल प्रजा परिषद्ले हलो, डा डिल्ली रमण रेग्मी नेतृत्वको राष्ट्रिय कांग्रेसले छाता, वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले टाउकोमा गहुँको बिटो बोकेको किसान, रंगनाथ शर्मा नेतृत्वको प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न पाएका थिए।

चुनावमा नेपाली कांग्रेसले १ सय ८, गोर्खा परिषद्ले ८६, नेकपाले ४७, प्रजा परिषद् (आचार्य)ले ४६, प्रजा परिषद् (मिश्र)ले ३६, तराई कांग्रेसले २१, राष्ट्रिय कांग्रेसले २० र प्रजातान्त्रिक महासभाले ६८ क्षेत्रमा उम्मेदवारी दिएका थिए। निर्वाचनमा राजनीतिक दलका तर्फबाट ५ सय १८ र स्वतन्त्र तर्फबाट २ सय ६८ उम्मेवार भए। 

सो निर्वाचनमा कांग्रेसले सर्वाधिक ७४ सिट जित्यो। त्यस्तै,  नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, नेपाल कम्युनिस्ट पार्टीले ४ सिट जिते। बाँकी सिटमा केही स्वतन्त्र उम्मेदवार र केही अन्य दल आए।  

मध्यरातमा पहिलो बैठक
निर्वाचन सकिएको कैयौं हप्तापछि २०१६ असार १६ का लागि प्रतिनिधिसभाको पहिलो बैठक बोलाइएको थियो। सिंहदरबारमा असार १६ गते मध्यरातमा प्रतिनिधिसभाका सदस्यहरु उपस्थित भएपछि पहिलो बैठक प्रारम्भ भयो। ११:४५ भनेर समय तोकिए पनि बैठक १२ बजे सुरु भएको थियो।

‘आषाढ १६, २०१६ मध्यरात्रि प्रतिनिधिसभाका सबै सदस्यहरु एकत्रित भएपछि सचिचद्वारा श्री ५ महाराजाधिराजका प्रमुख सचिवबाट प्राप्त निम्नलिखित पत्र सभा समक्ष पढेर सुनाइयो’, संसदको सो दिनको रेकर्ड उतारिएको संसद सचिवालयको विवरणमा भनिएको छ। पत्र संसद सचिवालयका सचिव कुलशेखर शर्माले पढेर सुनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रतिनिधिसभाको नियमावली २०१६ को दफा १३ अनुसार नियमित रुपले प्रतिनिधि सभाको कामकाज चलाउनका लागि गुल्मी पूर्व क्षेत्र नं ८९ बाट निर्वाचित भएका श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न श्री ५ महाराजाधिराजका हजुरमा श्री प्रधानमन्त्रीज्यूले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधि सभाको कम चालु गर्नालाई श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न स्वीकृति प्रदान गरिबक्सेको छ’, दरबारका सचिव हंसमान सिंहको पत्रमा उल्लेख थियो।

‘अनि, सचिवले बुढाथोकीलाई सपथ ग्रहण गराएपछि श्री गिरिप्रसाद बुढाथोकीले श्री ५ महाराजाधिराजप्रति भक्तिपूर्वक कृतज्ञता प्रकट गर्दै अध्यक्षासन ग्रहण गर्नुभयो’, संसदको रेकर्डमा उल्लेख छ।

त्यसपछि कार्यकारी अध्यक्षको आदेशअनुसार सचिवद्वारा उपस्थित सदस्यहरुलाई सपथ ग्रहण गराइएको उल्लेख छ।

त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए। नेपाली कांग्रेसका नेताहरु सुवर्ण शमशेर तीन र शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले प्रतिनिधिसभाका तीन सिट खाली थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सपथ ग्रहणपछि सचिवद्वारा श्री ५ का प्रमुख सचिवबाट प्राप्त पत्र सभामा पढेर सुनाइएको थियो। पत्रमा भनिएको थियो-
श्री संसद सचिवालय सिंहदरबार
प्रतिनिधि सभा नियमावली २०१६ को भाग ३ को दफा ९ को १ बमोजिम प्रतिनिधिसभाको सभामुखको निर्वाचनलाई २०१६ आषाढ १८ गते रोज ५ का दिन निर्वाचन गर्नू भन्ने हुकुम बक्सेको छ।
सरदार हंसमान सिंह
प्रमुख सचिव

त्यसपछि बैठक असार १८ गते बिहीबार दिउँसो ३ बजेका लागि स्थगित भएको थियो। समय पनि उतारिएको संसद सचिवालयमा सुरक्षित रेकर्डमा बैठक स्थगित हुँदाको समय २ बजेर १० मिनेट उल्लेख छ।

संसदमा सुरक्षित सो दिनको कामकारबाहीको रेकर्डः

मध्यरात: दरबारको अनौठो रोजाई
दरबारले २०१६ असार ४ गते सूचना प्रकाशित गरी प्रतिनिधिसभाको पहिलो अधिवेशन २०१६ असार १६ गते राति ११:४५ बजेका लागि आह्वान गर्‍यो। २०१६ असार ४ मा दरबारबाट जारी सूचनामा भनिएको थियो, 'प्रतिनिधिसभाको पहिलो बैठक २०१६ असार १६ गते रोज ३ (मंगलबार) का दिन ११.४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिएको छ।

अहिलेजस्तो ट्याक्सी नपाइने, सांसदहरुको निजी सबारी साधन पनि नहुने र काठमाडौंमा घना बस्ती नभएको र सिंहदरबार वरिपरिका फाँटमा रातमा स्याल गराउने कारण मध्यरातमा संसद बैठकसम्म पुग्न धेरैका लागि कठिन थियो। केही सांसदहरु मन्त्रीको गाडी चढेर ग्यालरी बैठकमा पुगे पनि अधिकांश हिँडेरै पुगेका थिए।  तर, पनि सांसदहरुको सपथ ग्रहण उत्साहपूर्वक रह्यो। 

मध्यरातमा बैठक बोलाउनुको कारणबारे २०१६ असार १७ गतेको गोरखापत्रमा भनिएको छ- 'असार १६ गते श्री ५ महाराजधिराज महेन्द्रको शुभजन्मोत्सव र असार १७ गते स्वर्गीय श्री ५ त्रिभुवनको जन्मजयन्ती। दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्त पारी सभाको पहिलो बैठक असार १६ गते मध्यरातमा बसेको हो।'

तर, दरबारले अशुभ साइत हेरेर बैठकको समय निर्धारण गरेको कतिपयको संस्मरण, लेख तथा पुस्तकहरुमा पढ्न पाइन्छ। महत्त्वपूर्ण काम सुरु गर्नुअघि साइत हेराउने र त्यसै अनुसार शुभ अशुभ निर्धारण गरेर काम सुरु गर्ने प्रचलन यद्यपि समाजमा छ। दरबारमा पनि थियो नै। राजा महेन्द्रका बारेमा यस्ता प्रसंग झन् बढी सुनिन्छन्।

'त्यही समयमा बैठक सुरु गरियो भने संसद धेरै चल्दैन भन्ने ज्योतिषीहरुको सल्लाहमा राजाले राति ११:४५ बजे नै बैठक बोलाएका थिए', जगत नेपालको पुस्तक 'पहिलो संसद्' मा विश्वबन्धु थापाको भनाई उल्लेख छ। थापा सो संसदमा कांग्रेसका मुख्य सचेतक भएका थिए।

तर त्यतिबेला सांसदहरुले मध्यरातमै किन भन्ने कुरामा महत्त्व दिएका थिएनन्। हरिबहादुर थापाको एउटा लेखमा उनै थापाको भनाई उल्लेख छ- 'दरबारबाटै मध्यरातका निम्ति बैठक आह्वान भएको हो, हाम्रा कारणले होइन । पहिलो बैठक खराब बेलामा पारौं भन्ने उसको नियत हुन सक्छ। तर हामीले नाइँ या हुँदैन भनेनौं । अझ त्यतिबेला त्यसलाई त्यति महत्त्व पनि दिइएन।'

मध्यरातबारे बहस नहुनुको अर्को कारण पनि हुनसक्थ्यो। नजिकको छिमेकी र नेपालले संसदीय अभ्यासको उदाहरण पछ्याउन सक्ने भारतमा पनि त्यस्तै भएको थियो। अंग्रेजको उपनिवेशनबाट मुक्त भएपछि संसदको पहिलो बैठक मध्यरातमै सुरु गरिएको थियो।

दुई अधिवेशन
प्रतिनिधिसभाको पहिलो अधिवेशन २०१६ साल असार १६ गतेबाट सुरु भएको थियो। त्यो अधिवेशन असोज २१ गतेसम्म लम्बियो। यसबीचमा जम्मा ४७ वटा बैठकहरु बसेका थिए। असार १८ गते सभामुखको निर्वाचन र २६ गते महासभा सदस्यहरुको चयन भयो। साउन ६ गते राजाले दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। साउन २५ गते अर्थमन्त्री सुवर्ण समशेरले आर्थिक वर्ष २०१६/१७ को बजेट वक्तव्य सदनमा पेश गरेका थिए।

प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०१६ साल चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थियो। यस बीचमा ९४ वटा बैठक बसेका थिए। 

महासभाको पहिलो अधिवेशन २०१६ साउन ४ गतेबाट सुरु भई असोज २२ गतेसम्म लम्बियो। यसबीचमा ४५ वटा बैठक बसेका थिए।

महासभाको दोस्रो अधिवेशशन २०१६ चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थयो। यसबीचमा ८५ वटा बैठक बसेका थिए।

सन्दर्भ सामाग्री
•    पहिलो संसद : बीपी-महेन्द्र टकराव- जगत नेपाल
•    मध्यरातका अशुभ साइत-शृंखला- हरिबहादुर थापा 
•    संसद दर्पण- वर्ष ५, अंक १९

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १३:५६
  • #पहिलो_संसद्

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्