काठमाडौं– अमेरिकी कार उत्पादक कम्पनी फोर्डको नेपालको लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स् प्रालिले बिएस सिक्स कम्प्लिमेन्ट फोर्ड २०२० विशेष अफर ल्याएको छ। शनिबार कम्पनीले एक प्रेस वक्तव्य जारी गर्दै यस्तो अफर ल्याइएको जानकारी दिएको हो।
अफर अन्तर्गत ग्राहकले १० वर्षसम्म फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड बिमा सुविधा, विशेष नगद छुट, एक वर्षको बिमा, एक्सचेन्जको सुविधासमेत ल्याएको जानकारी आधिकारिक बिक्रेता जिओले जानकारी दिएको छ। यसका साथै लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङ सुविधा पाउने छन्।
कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गरी जिओले अनलाइन शोरुम पनि संचालन गरेको जानकारी दिएको छ। ग्राहकले सो–रुम नआइकनै अनलाइनमार्फत चाहेको सवारी साधनको विशेषता बुझ्न तथा हेर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।