• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेसार गाथामा प्रधानमन्त्रीको महाराजा अवतार 

64x64
भानु बोखिम मंगलबार, असार ९, २०७७  १८:५१
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजा अवतार विभिन्न समयमा देखिँदै आएको छ। यसको पछिल्लो अवतार बेसारगाथा सुनाउँदा संसदमा छल्किएको छ। बेसारको महिमागान र यसप्रतिको क्रिया-प्रतिक्रया निरन्तर चलिरहेको छ। तर प्रम ओलीको प्रवचनमाथि विशाल नेकपाको कोही नेता कार्यकताले प्रश्न उठाएका छैनन्। प्रतिपक्षको प्रश्नको जवाफ दिने क्रममा पनि प्रधानमन्त्रीले शासकीय दम्भ देखाएका छन्। प्रधानमन्त्री नेताभन्दा बढी महाराज हुन् भन्ने कुराको बोध नेकपाको बाँकी नेता-कार्यकर्तामा पनि राम्रै देखिन्छ। 

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकर्ता तथा सांसदलाई कारिन्दा तथा रैतीको हैसियतमात्र दिएका छन्। उनीहरुलाई प्रश्न सोध्ने वा सही गलतको बारेमा सल्लाह-सुझाव दिने अधिकार व्यवहारत देखिँदैन। नेकपाजनले पनि यी कुराहरु राम्रैसँग आत्मसात गरेको प्रमाणहरु दिएका छन्। उनीहरु प्रधानमन्त्रीको सामुन्ने प्रधानमन्त्रीको भनाइको प्रशंसा गर्छन्। प्रधानमन्त्रीको कामप्रति कसैले प्रस्न गरे त्यसको बचाउ गर्छन् वा उल्टै प्रतिप्रश्न गर्छन्।

समय र परिस्थिति अनुसार प्रधानमन्त्रीको भनाइ र गराइ कति सान्दर्भिक छ भनेर आफैं विश्लेषण गर्दैनन्। प्रधानमन्त्रीको काममा बोल्न नसक्ने नेकपाले प्रधानमन्त्री र बाँकी नेकपाको सम्बन्ध राजा र रैतीको जस्तो देखिन थालेको छ। परिणाम त राजनीतिक परिदृश्यमा नेकपाको क्रियाकलाप भारतीय कवि गोरख पाण्डेको उल्लेखित कविताको भाव जस्तो देखिन्छ।  
राजा बोला रात है
रानी बोली रात है 
मन्त्री बोला रात है 
सन्तरी बोला रात है
सब बोले रात है 
ये सुबह सुबह की बात है 

(राजाले भन्यो रात हो। रानीले भनिन् रात हो। मन्त्रीले भन्यो रात हो। पहरेदारले भन्यो रात हो।। सबैले भने रात हो। यो बिहान बिहानको बात हो।)

केही समयअघि समृद्धिको परिकल्पनामा कविता कोर्दै गर्दा प्रधानमन्त्री भावनामा राम्रैसँग डुबेका थिए। बेसारगाथामा पनि प्रधानमन्त्री एउटा स्वैर कल्पनामा हराएका छन्। प्रधानमन्त्रीले प्रस्तुत गरेका तथ्य र तर्क गलत छ भनेको हैन। तर ती तथ्यहरु कोरोना भाइरसको महामारीमा जोड्नु कति जायज होला? उनी जुन तरिकाले दावी पेस गरिरहेको छन्, ती अहिलेको समयमा कति सान्दर्भिक र वास्तविक होलान्?

भावनाको उडान सामान्य अवस्थामा ठिकै हुन्छ। सबै कुरा सामान्य र सहज रहेको अवस्थामा महाकवि देवकोटाको नेपाल विशाल छ भन्ने ब्याख्याले केही बिगार्दैन। विषम परिस्थितिमा वास्तविक रुपमा देश के हो र कत्रो छ भनेर निर्क्योल गर्नैपर्छ। विषम र असहज परिस्थितिमा व्यावहारिक भएर अघि बढ्नुपर्छ। तथ्यको सही आकलन गरेर कदम चाल्नुपर्छ। बढाइचढाइ गरेको यथार्थले सहज अवस्थामा त केही नहोला तर असहज अवस्थामा भने अझ संकट निम्त्याउन सक्छ।  

बेसारमा औषधीय गुण छ भन्नेमा शंका रहेन। बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्नेमा पनि प्रश्न रहेन। तर बेसारले जति रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्छ, त्यो कोभिड-१९ सँग लड्न पर्याप्त छ? अहिले उठेको प्रश्न यही हो।

चिकित्सा विज्ञानको क्षेत्रमा काम गरिरहेको प्रतिक्रिया अनुसार कोरोनासँग लड्न बेसार सेवन मात्र पर्याप्त हुन सक्दैन। त्यो हो भने प्रधानमन्त्री जनस्वास्थ्यको विषयमा भावनामा डुबेर आश्वासन दिने काम गरिरहेका छन्? यो भावनामा डुबेर तर्क गर्ने समय हैन। साथै तर्कबितर्क गर्ने निबन्ध प्रतियोगिताको समय पनि हैन। तथ्यमा टेकेर सोचीसम्झी कदम चाल्ने समय हो। तर प्रधानमन्त्री हिमालको स्वच्छ हावाको बयान गर्छन् अनि विदेशीको पाउरोटी र जाम खाने संस्कारको खिसीट्युरी गर्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

बेसारमा औषधीय गुण छ भन्नेमा शंका रहेन। बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्नेमा पनि प्रश्न रहेन। तर बेसारले जति रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्छ, त्यो कोभिड-१९ सँग लड्न पर्याप्त छ?

प्रधानमन्त्रीको ज्ञानको भन्डारमा प्रश्न गर्नु उचित नहोला तर आफू र आफ्नालाई सबल देखाउने नाममा प्रमले गरेका तर्कहरु चाहिँ उचित हैनन्। वा अहिलेको परिस्थितिमा सही मान्नु उचित हुँदैन। निश्चय कोरोना भाइरसको सन्दर्भमा प्रधानमन्त्रीले नेपाल र नेपालीलाई सबल र रोगप्रतिरोधी क्षमता बढी भएको भनेर प्रस्तुत गरेका छन्। तर त्यो बेला दिएका कति उद्धरण एक प्रधानमन्त्रीले बोल्न सुहाउने भाषाको रुपमा छैन। निश्चय नै सबै देससँग हिमालको हावा छैन। तर हिमालको हावाले मात्र मान्छेलाई शारीरिक रुपले बलियो बनाउने हैन।

पाउरोटीमा जाम दलेर खाने विदेशीले अरु पोषणयुक्त खाना खान्छन्। दुनियाँमा सबैको भान्सामा बेसार नहोला तर कुनै न कुनै पोषणयुक्त खाना त हुन्छ नै। रोगप्रतिरोधी क्षमता बढाउने भनेकै पोषणले हो। त्यसैले बेसार नभए पनि मानिसको भान्साका यसको विकल्प छ। त्यसैले प्रधानमन्त्रीले यस्तो महामारीमा बेसार मात्र विकल्प हैन। साथै बेसारले दिने शारीरिक शक्तिमात्र पर्याप्त हुँदैन भनेर बुझ्नु जरुरी छ।  

प्रधानमनत्रीको बेसार गाथामा प्रश्न उठाउनेमा कांग्रेस सांसद गगन थापामा मात्र भए। प्रधानमन्त्रीको उत्तर दिने शैली शिष्ट र सभ्य थिएन। शिष्ट र सभ्य नभएपछि त्यहाँ तर्क र तथ्य खोज्नु मुर्खता हो। तर प्रधानमन्त्रीको यही शैली र संवेदनहीनतामा नेकपाका सांसदहरु ताली बजाइरहेका थिए। मानिलिउँ कि गगन थापाले कुनै फन्टुस र औचित्यहीन प्रश्न सोधेका हुन्। प्रधानमन्त्रीले फेरि प्रमाणित गरेका छन् कि उनी यो देशका प्रधानमन्त्री र नेकपाका नेतामात्र हैनन्। त्योभन्दा धेरै माथि बिराजमान रहेका महाराज हुन्। साथै सिंगो नेकपा रैती हो। प्रधानमन्त्रीले जे बोल्छन्, त्यो नै अन्तिम सत्य हो। गोरख पाण्डेयको कवितामा राजाले रात भनेपछि बाँकीले भोरलाई पनि रात ठान्नु पर्ने बाध्यता छ। प्रधानमन्त्रीदेखि तलका सबै रैती र कारिन्दा हुन् जसलाई राजाको कार्यमा विवेक प्रयोग गर्ने अधिकार छैन। 

प्रधानमन्त्रीको ख्यालठट्टा गर्ने बानी पुरानो हो। ख्यालठट्टा गर्ने व्यक्ति विशेषको अधिकार हो तर यस्तो बेला पदीय मर्यादा भने व्यक्ति स्वयंले राख्ने हो। व्यक्ति आफैंले ध्यान दिन सकेन भने सल्लाहसुझाव दिने दायित्व वरिपरि रहनेको हो। तर यहाँ प्रधानमन्त्री दम्भले चुर र वरिपरिका मान्छे डरले थुरथुर देखिन्छन्। डरले नभए पनि लोभले विवेक बन्द भएको भने पक्कै हो। मस्तिष्कको प्रयोग आफ्नो नाफाघाटाको हिसाब निकाल्नमात्र प्रयोग गरेका छन्।

महाराजले प्रशंसामात्र सुन्न चाहिबक्सन्छ भन्ने कुरा शुदखोरलाई राम्रोसँग थाहा हुन्छ। यदि विवेक प्रयोग गरेर आलोचना गर्‍यो वा सल्लाहसुझाव दियो भने महाराजको मन दुख्न सक्छ। महाराजको मन दुख्नु भनेको आफ्नो उद्देश्यमा चुनौती खडा गर्नु हो। यो मुर्ख्याईं नेकपाजनले गर्ने देखिँदैन। तसर्थ प्रधानमन्त्री आफैं बदनाम होउन् वा प्रधानमन्त्रीको कारण सिंगो देश डुबोस्। नेकपाजनमा यसको चिन्ता देखिँदैन। बस्, सत्ता वा सत्ताको नाममा आफूले प्राप्त गर्ने मुनाफा खोसिनुहुँदैन।

प्रधानमन्त्रीको महाराजा शैली र अन्य नेकपाजनको रैती मानसिकताले कोरोना संकट गहिरिँदैगएको छ। प्रधानमन्त्री महाराजाको मानसिकताबाट ओर्लनु र बाँकी नेकपाजन रैती मानसिकताबाट माथि उठ्नु जरुरी छ। संस्था वा संरचनामा पदीय सोपान हुन्छ तर पदीय सोपानकै कारण सल्लाहसुझावको काम एकतर्फी हुनुहुँदैन। संकटको बेला लोकतान्त्रिक अभ्यासलाई अझ बढावा दिनुपर्छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्