• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सडक दुर्घटना न्यूनीकरण गर्न उपसमितिले दियो यस्तो सुझाव

64x64
नेपाल लाइभ सोमबार, असार ८, २०७७  १४:३४
1140x725

काठमाडौं–सडक दुर्घटना न्यूनीकरण गर्ने उपायबारे सुझाव दिन बनेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले प्रतिवेदन बुझाएको छ। सोमबार बसेको विकास समितिको बैठकमा उपसमितिका संयोजक तथा सांसद गणेश पहाडीले समिति सभापति कल्याणी खड्कालाई प्रतिवेदन बुझाएका हुन्। 

सडक दुर्घटना बढ्नुमा भएका कानुन कार्यान्वयन नहुनु नै मुख्य कारण भएको उपसमितिको निष्कर्ष रहेको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ‘२०१३–२०२० सडक सुरक्षा कार्ययोजना’ बनाएको थियो। यो कार्ययोजना प्रभावकारी नदेखिएको उपसमितिका संयोजक सांसद गणेश पहाडीले बताए। ‘सरकारले बनाएको २०१३–२०२० सडक सुरक्षा कार्ययोजनामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाउने थियो तर त्यसो हुन सकेन,’ उनले भने, ‘यो अवधिमा १८ सय मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका थिए, यो घटाउने भनेकोमा बढेर २९ सय ७८ मा पुगेको छ।’ 

सन् २०२० मा आइपुग्दा सरकारले लिएको उक्त योजना कार्यान्वयन भएको नदेखिएको उनको भनाइ छ। त्यसैले उपसमितिले सडक सुरक्षाका लागि बेग्लै ‘रोड सेफ्टी परिषद्’ बनाउन सुझाव दिएको पहाडीले जानकारी दिए। सडक सुरक्षाका लागि लिइने पाँच पिलर सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक आवागमन, सुरक्षित सवारी, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको सेवासमेत कमजोर देखिएकाले दुर्घटना बढ्नुको कारण भएको उपसमितिको निष्कर्ष छ। 

सवारी साधनको नियमित र व्यवस्थित परीक्षण प्रणाली नहुनु सवारी दुर्घटना न्यूनीकरणका प्रमुख समस्याको रुपमा रहेको उपसमितिले उल्लेख गरेको छ। 

यस्तो छ उपसमितिको निष्कर्षः 

सवारी दुर्घटना घटाउन अब चालकको योग्यतासँगै दायित्व पनि तोक्ने कानुनको खाँचो छ। जसरी हुन्छ दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्नु राज्यको प्रमुख दायित्व हो। दुर्घटनाको कारण पहिचान भइसकेको अवस्थामा सडक यात्रालाई सुरक्षित र भरपर्दो बनाउन राज्यले जुनसुकै कदम चाल्न पनि चुक्नु हुँदैन। हरेक वर्ष हुने दुर्घटनाको संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्यांकन नै छैन। दुर्घटनाबाट हुने सबभन्दा ठूलो क्षति मानवीय क्षति नै हो। आफन्त गुमाउनु पर्दा पारिवारका अन्य सदस्य र आश्रितहरूले सहनु पर्ने पीडा अकल्पनीय हुन्छ। 

नेपालमा औसत दैनिक ८ जनाका दरले सडक दुर्घटनामा मृत्यु हुने र वर्षमा २५ सयभन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ। विश्व स्वास्थ्य संगठनले नेपालमा हरेक दिन औसत १३ जना र बर्सेनि झन्डै ५ हजार जनाको ज्यान जाने गरेको जनाएको छ।

सडक दुर्घटनाले अक्सर आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिलाई असर पार्ने भएकाले दिनानुदिन राज्यले उत्पादनशील नागरिक गुमाइरहेको वा उनीहरूलाई क्षमताविहीन बनाइरहेको छ। दीगो विकास लक्ष्यका अनुसार २ वर्षभित्र नेपालले सडक दुर्घटनामा परि मृत्यु तथा घाइते हुनेको संख्या आधाले घटाउने सहमति जनाएको छ तर दुर्घटनाको संख्या बर्सेनि झन् बढ्दै गइरहेको यथार्थ हाम्रासामु छर्लङ छ।

Ncell 2
Ncell 2

संविधानले सार्वजनिक यातायातमा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्न सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी व्यवस्थित बनाउने परिकल्पना गरेको छ। 

त्यसैगरी, राष्ट्रिय योजना आयोगले यसै वर्ष जारी गरेको १५औं योजनाले सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायात पूर्णतः व्यवस्थित, सर्वसुलभ, सुरक्षित र भरपर्दो बनाउनुपर्ने उल्लेख गरेको छ। यस्तै, पुराना सवारी साधनका कारण प्रदुषण बढेको, व्यावसायिक तालिम प्राप्त सवारी चालक र तिनको श्रम समय तथा सीमा नियमन गर्ने मापदण्ड नभएको, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्य प्रणाली नभएकोजस्ता विषयहरु वर्षौदेखि महसुस गरिए पनि सम्बद्ध निकायहरूले समाधानका लागि प्रभावकारी प्रयास नगर्दा सडक सुरक्षा चुनौतीपूर्ण देखिएको छ।

 साथै, उद्धारका लागि जनशक्ति उपकरण र अन्य साधनको अभावका कारण पनि दुर्घटनाबाट ज्यान जानेको संख्या बढ्दै गएको देशको समग यातायात प्रणालीमा सुधार गर्न सके सडक सुरक्षामा अभिवृद्धि हुन सक्छ र यसका लागि राज्यले समयमै कदम चाल्नु पर्छ भन्ने उप समितिको धारणा रहेको छ। मुलुक संघीय संरचना कार्यान्वयनमा पूर्ण रुपमा अगाडि बढिसकेको अवस्थामा सवारी सुरक्षासम्बन्धी नीति निर्माण र कार्ययोजनाको जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकारको साझा विषय हो। 

नेपालमा सड़क सुरक्षासम्बन्धी कार्य गर्ने निकायहरू धेरै भएकाले काममा दोहोरोपन, समन्वयको अभाव, अधिकार क्षेत्रमा विवादलगायतका कारण प्रभावकारी काम हुन सकेको पाइँदैन। यस्तो अवस्थामा अधिकारसम्पन्न सडक सुरक्षा परिषद गठन गरी सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न उपसमिति गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गर्दछ। यस प्रतिवेदनले सुधार गर्नुपर्ने भनीं औल्याइएका विषयवस्तुहरू र प्रस्तुत गरिएका सुझावहरूलाई मात्रै अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन रणनीति तयार गरी कार्यान्वयन गर्ने हो भने पनि सवारी दुर्घटना न्यूनीकरणमा गुणात्मक अभिवृद्धि हुने उप समितिको विश्वास रहेको छ। 

नागरिकले सुरक्षित यात्रा गर्न पाउने अधिकारको रक्षा गर्न सम्बन्धित निकायहरूले उल्लिखित सुझावहरूको कार्यान्वयन गरे नगरेको यस समितिले निरन्तर अनुगमन गर्नेछ। यसका लागि सर्वप्रथम कानुनी रुपमा प्रयास थालनी गरिनु पर्छ भने सडक पूर्वाधार विकास तथा सडक प्रयोगकर्ताहरूलाई सडक शिष्टाचारबारे सचेतना दिलाउन सकियो भने सवारी दुर्घटना न्यूनीकरणमा उल्लेख्य सुधार हुने उपसमितिको निष्कर्ष रहेको छ।

विश्वभर सडक दुर्घटनाबाट बर्सेनि लाखौं मानिसले ज्यान गुमाउने र त्योभन्दा निकै धेरै गुणा बढी घाइते हुने गरेका छन्। नेपालजस्तो सवारी सुरक्षाको दृष्टिले कमजोर देशमा यो समस्या झन् चुनौतीपूर्ण बन्दै गएको छ। उल्लेखित तथ्यांकले नेपालमा सवारी सुरक्षाको विकराल समस्या देखाउँछ। त्यसो त यो विषय विगतदेखि कै हो। 

विश्व स्वास्थ संगठनको प्रतिवेदनमा नेपालमा सवारी साधनको अवस्था विश्वमै खराबमध्येको रहेको जनाएको छ। प्रतिवेदनले नेपालमा वार्षिक १८०० जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गरेको छ। विश्वभर देखिएको सवारी असुरक्षालाई ध्यान दिन संयुक्त राष्ट्रसंघ विश्व सड़क सुरक्षा दशक कार्ययोजना बनाई विश्वभर लागू गरेको परिप्रेक्ष्यमा नेपालले पनि सडक सुधार कार्ययोजना (सन् २०१३–२०२०) तयार गरेर लागू गरेको समय बितिसक्दा पनि दुर्घटनाको संख्या र यसबाट मृत्यु तथा घाइते हुनेको संख्या घट्नुको साटो झन् बढ्दै जानु चुनौती र चिन्ताको विषय बनेको छ।

नेपालमा सडक सुरक्षाका साथै सवारी दुर्घटना न्यूनीकरणको विषयहरूलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ऐन, नियम, निर्देशिका तथा कार्ययोजनाहरू पनि जारी भएका छन्। यस्ता कानुनहरु पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नुले पनि समस्या निम्त्याएको छ।
 

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर शनिबार, कात्तिक १, २०८२
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्