काठमाडौं– बालबालिकाको सुरक्षाका लागि प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड ड्रिमबेबीका सामग्री अब नेपाली बजारमा समेत उपलब्ध हुने भएका छन्। आइएमए ग्रुपअन्तर्गतको आइएमएस लिटल स्माइल्स कम्पनीले ड्रिमबेबीका सामग्री नेपाल भित्र्याएको हो। कम्पनीले असार ३ गतेबाट यी सामग्री नेपालमा भित्र्याउन सुुरु गरेको जानकारी दिएको छ।
ड्रिम बेबीका सामान बालबालिकाको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका हुन्छन्। ड्रिमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामग्री आइएमएसले नेपाल भित्र्याएको जानकारी दिइएको छ।
बेबी ब्रान्डले विभिन्न अवार्ड जितेको छ। यो ब्रान्डले प्रिफर्ड च्वाइस अवार्ड, अवार्ड फर एक्सिलेन्स, टप च्वाइस अवार्ड, प्रोडक्ट अफ दि इयर अवार्ड, मम्स च्वाइस अवार्ड, मम्स बेस्ट अवार्डलगायत जितेको छ।
ड्रिमबेबीका सामानहरू आइएमएस लिटल स्माइल्स शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन्। यसका साथै स्मार्टडोकोबाट समेत अनलाइनबाटै किन्न समेत सकिने जानकारी स्माइल्सले दिएको छ।
यो ब्रान्डका सामान भित्रिएको अवसरमा कम्पनीले १०% छुट दिएको छ। यसका साथै पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको ९८० मूल्यको एक पेसिफायर प्राप्त गर्न सक्नेछन्। यस ब्रान्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन्। यो अफर २०७७ साल असार २१ गते सम्म मात्र मान्य हुनेछ।
ड्रिमबेबीको सामग्री वितरण गर्न पाउँदा हर्षित भएको आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले बताए। आइएमएस ग्रुपले डक्टरब्राउन, क्रेन, हिमालय, बिबीलभ, एनर्जाइजर र डीजिआई जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरसिप पनि प्राप्त गरेको छ। यसले शिक्षा, बैंकिङ, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।