काठमाडौं- सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले कोभिड १९ को माहामारीबाट आक्रान्त उपभोक्तालाई लक्षित गरी ‘उतार चढाव आइरहन्छ‚ सुजुकीको साथ रहिरहन्छ’ नामक योजना ल्याएको छ।
यस योजनाअन्तर्गत सुजुकी ब्रान्डका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउनुका साथै एक्सचेन्ज र फाइनान्सको सुविधा समेत उपलब्ध रहेको जनाएको छ। जसअन्तर्गत कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै पुराना तथा चालु अवस्थाका कुनै पनि मोटरसाइकल एक्सचेन्ज गर्न सकिनेछ।
यस योजना असार १ देखि ३१ सम्म देशभर लागू गरिएको छ। कोभिड १९ को विषम परिस्थितिमा ग्राहकहरुको सहयोग र सद्भावलाई ध्यानमा राख्दै यो योजना लागू गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।