तुल सीपुर- दाङमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ भने ६० जना संक्रमण निको भएर डिस्चार्ज भएका छन्। कोरोना संक्रमित हुनेमा सबैभन्दा बढी भारतबाट आएर क्वारेन्टाइनमा बसेका २ सय २६ जना रहेका छन्।
कोरोना संक्रमण लाग्नेमा ६ जना स्वास्थ्यकर्मी‚ २ जनप्रतिनिधी‚ २ भान्से/स्वयंसेवक‚ अन्य रोगको उपचारका लागि आएकालाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको जनाइएको छ।
यसैगरी सुरक्षाकर्मी १ जना‚ काठमाडौं बस्ने दाङका २ जना‚ प्युठानको क्वारेन्टाइनमा रहेका १ जना‚ भारतमा मृत्यु भएर दाङमा स्वाब परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै १ जनालाई आइसियूमा भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।