काठमाडौं- निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव फेरि सरेको छ। यही असार २ गते गर्ने भनिएको निर्वाचन कोरोना भाइरसको महामारीका कारण विशेष परिस्थिति भन्दै २०७७ असोज २४ मा गर्ने नयाँ मिति तय भएको हो।
प्रत्येक चार वर्षमा आधिकारीक कर्मचारी युनियनको निर्वाचन हुने गर्दछ। विशेष परिस्थितिमा एक वर्ष थप हुन सक्ने छ। आधिकारीक ट्रेड युनियनको निर्वाचन मिति सम्पन्न हुनु अगावै सम्बन्धित आधिकारिक ट्रेड युनियन र श्रम विभाग वा सम्बन्धित श्रम कार्यालयको आपसी सहमतिमा तय गरिनेगरी व्यवस्थाअनुसार पछिका लागि सारिएको हो।
भाइरसको महामारीका कारण विशेष परिस्थिति सिर्जना भई समयमै निर्वाचन सम्पन्न हुन नसकेकाले २०७७ जेठ १९ देखि २०७७ असोज २४ गतेसम्म निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको पदावधि थप गर्ने निर्णय असार ३ गते सारिएको छ।
यसअघि २०७३ जेठ १९ गते हुनपर्ने निर्वाचन २०७७ असार २ गतेका लागि सरेको थियो। उक्त अवधीमा पनि निर्वाचन हुन सक्ने अवस्था नभएकाले असोज २४ गते शनिबारका लागि सारिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।