काठमाडौं- कुवेतले आममाफी पाएका १५० महिला काठमाडौं ल्याइदिएको छ। जजिरा एयरवेजको सिट क्षमताअनुसार १६८ जना ल्याइदिने भनिए पनि १५० जनामात्रै ल्याइदिएको हो।
यसअघि जेठ २९ गते कुवेतबाट २ वटा फ्लाइट मार्फत ९१५० र १४९० गरी २९९ जना, जेठ ३० गते कुवेतबाट १४९ जना आममाफी पाएर सेल्टरमा करिब ३ महिनादेखि रोकिएका नेपाली ल्याइसकेको छ।
बुधबार नै कम्बोडिया, सिंगापुर, थाइल्याण्ड र बंगलादेशबाट पनि नेपालीहरू ल्याइने कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ।
बंगलादेशबाट हिमालय एयरलाइन्समार्फत १६० जना, सोही एयरलाइन्समार्फत सिंगापुरबाट ११३ जना, थाइल्याण्डबाट नेपाल एयरलाइन्सबाट २४१ जना र कम्बोडियाबाट ३३ जना नेपाली बुधबार नै स्वदेश फर्कने सिसिएमसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।