काठमाडौं- एक दशक प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा खेलेका मिडफिल्डर डेभिड सिल्भालाई दर्शक जम्मा हुन पाउने अवस्था आएपछि क्लबले भव्य रुपमा बिदाइ गर्ने प्रशिक्षक पेप गार्डिओलाले बताएका छन्।
कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण रोकिएको प्रिमियर लिग आज बुधबारदेखि नै सुरु हुँदैछ। रोकिएको लिग सकिने समयसम्म सिल्भा क्लबमा नै रहने पनि प्रशिक्षक गार्डिओलाले बताएका छन्।
अहिले सिटीमा खेलको अन्तिम समय बिताइरहेका सिल्भाले बन्द रंगशालामा दर्शक बिना खल्लो बिदाइ हुने देखिइरहँदा प्रशिक्षक गार्डिओलाले अवस्था सामान्य भएपछि बिदाइ गर्ने बताएका हुन्। सिटीसँगको समयपछि सिल्भा अहिले कतारमा खेल्न जाने योजना बताइरहेका छन्।
‘सिल्भाले आफ्नो अन्तिम खेलहरु यहाँ दर्शकबिनाको मैदानमा सकाउने छन् भन्ने कुरा अलि खल्लो लाग्छ। कसैले पनि यस्तो चाहँदैन तर अवस्था नै त्यस्तै परिदियो’, गार्डिओलाले भनेका छन्, ‘सिल्भा जस्ता खेलाडीले अहिलेको सिटी बनाउन ठूलो भूमिका खेलेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।