काठमाडौं- दक्षिण कोरियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४० हजार पिसिआर किट नेपाललाई सहयोग उपलब्ध गराउने भएको छ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कोइकामार्फत उपलब्ध गराउन लागिएको ४० हजार आरटी-पिसिआर किट मध्ये आधा किट मंगलबार नेपाल आइपुगेको छ। थप किट कोरिएन एयरको शनिबारको उडानमा नेपाल आइपुग्ने कोइकाले जनाएको छ।
मंगलबार आइपुगेको किटको हस्तान्तरण कार्यवाहक रादजूत सूनचिल क्वानले गरेका थिए। स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरेललाई त्रिभुवन विमानस्थलमा किट हस्तान्तरण गरिएको कोइकाले जनाएको छ।
नेपालमा कोरोना पोजिटिभको संख्या बढेसँगै ठूलो संख्यामा परीक्षणको आवश्यकता परेकाले सहयोग उपलब्ध गराइएको कोइकाको विज्ञप्तिमा उल्लेख छ। संकटको समयमा कोरिया सधैं नेपालको साथमा रहेको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।