काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेका छन्।
सरकारको नीती तथा कार्यक्रमअनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको हो।
श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको मन्त्री यादवले बताए। कुन क्षेत्रमा कुन दक्षता भएका कति श्रमिकहरू रहेका छन्। र उनीहरूलाई रोजगारीमा कसरी परिचालन गर्न सकिन्छ भन्ने सम्बन्धमा जानकारी उपलब्ध गराउन श्रमिक बैंकले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री यादवले बताए।
श्रमिकहरुलाई सीपअनुसारको रोजगारी उपलब्ध गराउन श्रमिक सूचना बैंकले महत्वपूर्ण भमिका खेल्ने मन्त्री यादवले बताए। देशमा एकातिर दक्ष जनशक्तिको अभाव तथा अर्कोतिर बेरोजगारी समस्याले विकराल रुप लिँदै गएको अवस्थामा श्रमिक बैंकको आवश्यकता रहेको मन्त्री यादवले प्रष्ट पारे।
मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयनबारे प्रस्तुतिकरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।