• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाली श्रमिकहरूको उद्धार तीव्र पार्न माग गर्दै सांसद संग्रौलाले श्रममन्त्रीलाई बुझाइन् १६ बुँदे ज्ञापनपत्र

64x64
नेपाल लाइभ मंगलबार, असार २, २०७७  १५:३३
1140x725

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा छायाँ श्रममन्त्री डा डिला संग्रौलाले विदेशमा अलपत्र परेका लाखौं नेपाली श्रमिकहरूको उद्धार गर्ने काम तीव्र पार्न र आर्थिक समस्यामा परेका श्रमिक, गर्भवती तथा बिरामीहरूलाई निःशुल्क स्वदेश ल्याउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेकी छन्।  

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई भेटेर एक ज्ञापनपत्र बुझाउँदै सांसद संग्रौलाले त्यस्तो माग गरेकी हुन्। नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारमा छायाँ श्रममन्त्रीको जिम्मेवारी सम्हालिरहेकी सांसद संग्रौलाले नेपाली श्रमिकहरूको जीउज्यान, रोजगारी र सेवासुविधाको रक्षाको लागि समेत सरकारको ध्यानाकर्षण गराएकी छन्। 

यस्तो छ सांसद संग्रौलाले श्रममन्त्री रामेश्वर राय यादवलाई बुझाएको ज्ञापनपत्र

माननीय रामेश्वर राय यादवज्यू,
मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 
सिंहदरबार, काठमाडौं

विषयः ज्ञापनपत्र 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक नराम्ररी प्रभावित भएको यहाँलाई अवगतै छ। उनीहरूको जीउज्यान, रोजगारी र सेवासुविधाको रक्षाको लागि माग गर्दै मैले गत १४ वैशाख २०७७ गते ज्ञापनपत्र बुझाएको स्मरण गर्न चाहन्छु।  ढिलै भए पनि सरकारले हालै भारत बाहेक तेश्रो मुलुकमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउने काम शुरु गरेको छ।  तर अझै दशौं हजार नेपालीहरू विदेशमा अलपत्र अवस्थामा हुनुहुन्छ। उहाँहरूलाई  जति सक्दो चाँडो स्वदेश फिर्ता ल्याउनका लागि निम्नअनुसारका कामहरू गर्न आवश्यक भएकाले फेरि यो ज्ञापनपत्र बुझाउँदै छु।  

१) कोभिड– १९ को कारण रोजगारी गुमाएका, बिदामा बसेका वा विभिन्न समस्यामा परेका कामदारलाई स्वदेश ल्याउनको लागि तत्काल नेपाल सरकारले पहल गर्नुपर्छ। सर्बप्रथमतः जुन देशमा नेपाली कामदार छन्, तिनै देशको सरकार, कामदार कार्यरत कम्पनीलाई टिकटको व्यवस्था गर्न लगाई निःशुल्क रुपमा नेपाल ल्याउन लगाउनुपर्छ। यदि, त्यो सम्भव नभएमा र आफ्नै खर्चमा स्वदेशमा आउन नसक्ने कामदारहरूको लागि सरकारले नै उद्धार गर्नुपर्छ।

आफ्नै खर्चमा आउन सक्नेहरूको लागि सरकारले नियमित उडानको व्यवस्था गर्नुपर्छ। चार्टर फ्लाइटको नाममा सरकारले व्यापार गर्नुहुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

२) उद्धार नहुने बेलासम्म विदेशमा रहेका कामदारको लागि खाने, बस्ने व्यवस्था त्यही देशले गर्नुपर्छ। उनीहरूलाई त्यो व्यवस्था भए/नभएको बुझेर नभएको खण्डमा तत्काल सम्बन्धित देशका नेपाली दूतावासलाई पहल गर्न लगाइयोस्।

३) कोभिड–१९ को कारण बिरामी परेका, क्वारेन्टाइन, आइसोलेसन, अस्पतालमा रहेका कामदारको निःशुल्क औषधी उपचारको व्यवस्था सम्बन्धित देशलाई गर्न लगाउनुपर्छ र त्यो भए/नभएको जानकारी नेपाली दूतावासहरूले लिइरहने व्यवस्था मिलाइयोस्।

४) विदेशमा कोभिड– १९ को कारण मृत्यु भएका कामदारको दाहसंस्कारको व्यवस्था मिलाउन र त्यसमा परिवार वा आफन्तको उपस्थिति कसरी सम्भव हुन्छ, व्यवस्था मिलाइयोस्।

५) कोभिड–१९ को कारण बाहेक अन्य कारणले मृत्यु भएका कामदारको हकमा शव तत्काल स्वदेश ल्याउन व्यवस्था मिलाउनुपर्छ। परिवारको स्वीकृतिमा विदेशमै दाहसंस्कार गर्ने अनुमति भएका शवको विदेशमै रहेका आफन्तको रोहवरमा दाहसंस्कार गरी परिवारलाई तत्काल जानकारी गराइयोस्।

६) विदेशमा कोभिड– १९ को कारण बाहेक अन्य बिरामी, घाइते, गर्भवती, सुत्केरीलगायतका कामदारको तत्काल उपचारको व्यवस्था मिलाइयोस्।

७) कोभिड–१९ को कारण स्वदेश फर्किन खोजेका नेपाली विद्यार्थी, विभिन्न पेशामा आवद्ध पेशाकर्मी, व्यवसायी, बिरामी, पर्यटकहरूलाई सहज वातावरण बनाइयोस्।

८) कोभिड – १९ को कारण लामो समयसम्म देश–विदेमा भएको लकडाउन, अन्तर्राष्ट्रिय उडाउनमा रोक, रोजगारी गुमेको चिन्ता, पारिवारिक विछोडजस्ता कारणबाट मानसिक समस्यामा परेका कामदार तथा नेपालमा रहेका तिनका परिवारलाई मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाइयोस्। 

९) रोजगारदाता कम्पनीले व्यवस्था गरिदिएको टिकट भएका नेपालीहरूका हकमा  वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरूमा  नियमित उडान सुरु भएको खण्डमा पुरानो टिकटको प्रयोग हुने र भाडादर पनि कम हुने भएकाले सिमित संख्यामा मात्रै भएपनि नियमित उडान सञ्चालन गरियोस्।

१०) विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्चविहीन भएका विद्यार्थीहरूलाई सरकारी खर्चमा तुरुन्त उद्धार गरियोस्।  

११) क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरूमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग मिलाएर संयुक्त उद्धार  उडानको व्यवस्था गरियोस्।  

१२) पिसिआरमार्फत कोरोना टेष्ट गर्ने सुविधा नभएका देशहरूबाट सम्बन्धित देशका फिट टु फ्लाइट सर्टिफिकेटअनुसार फिर्ता आउने व्यवस्था गरियोस्। 

१३) बिनाइजाजत श्रम गरिरहेका कागजातविहीन कामदारहरूलाई सम्बन्धित  देशको कुटनीतिक निकायसँग सहकार्य गरी आममाफी  दिलाउने प्रबन्ध गरियोस्।

१४) हाल नेपालमा छुट्टीमा रहेका  कामदारहरूलाई वैदेशिक रोजगारका लागि  फिर्ता जान श्रम स्वीकृति तथा अन्य कागजत बिनाझन्झट उपलब्ध गराउने व्यवस्था गरियोस्।

१५) परराष्ट्र, गृह, श्रम, रक्षा, अर्थलगायतका मन्त्रालयहरूसँग समन्वय गरी स्वदेश फर्कन चाहने नेपालीहरूका लागि निःशुल्क २४ घन्टे हटलाइन सूचना सेवा तथा नेपाल आइसकेपछि स्वास्थ्य जाँच गरी सम्भव भएसम्म आआफ्नो घरमै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइयोस्।  

१६) नेपाल सरकारले १७ महिनासम्म मलेसिया नेपाली कामदार पठाउन रोक लगाएको र कोभिड–१९ को कारणले फागुन २८ गतेदेखि श्रम स्वीकृति दिन बन्द गरिएकोले वैदेशिक रोजगार व्यवसायीहरूले कामदार पठाउन नपाएको हुँदा अनुमतिपत्र नवीकरणका लागि वार्षिक १०० जना कामदार पठाउनै पर्ने बाध्यात्मक व्यवस्थाले नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र नवीकरण नहुने अवस्था सिर्जना भएको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगारी व्यवसायीको इजाजत पत्र नविकरण गर्ने  व्यवस्था मिलाइयोस्।  

डा डिला संग्रौला
सदस्य, प्रतिनिधि सभा
२ असार, २०७७

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ?
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्