सीमा क्षेत्रको तस्बिर।
बेइजिङ- भारतीय सैनिकले सीमा क्षेत्र पार गरेपछि भारत-चीन सीमा क्षेत्रमा दोहोरो भिडन्त भएको प्रतिक्रिया चीनले दिएको छ। भारतीय सैनिकले सीमा पार गरी चीनियाँ सैनिकमाथि आक्रमण गरेका कारण यो घटना भएको बताएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार घटनामा चीनियाँ पक्षको गल्ती नभएको दाबी गरिएको छ। भारत र चीनको लद्दाख नजिकै भिडन्त हुदाँ तीन भारतीय सैनिकको मृत्यु भएको थियो।
रक्षा मन्त्रालयले बोलायो बैठक
सीमामा भारतीय सैनिकले ज्यान गुमाएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आकास्मिक बैठक बोलाएका छन्। चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, तीन सेना प्रमुख र विदेशमन्त्री एस जयशंकरका साथमा आकास्मिक उच्चस्तरीय बैठक शुरु भएको छ।
रक्षामन्त्री सिंहले उक्त क्षेत्रमा भएको घटनामा कसको गल्ती भएको र चीनियाँ पक्षले किन आक्रमण गर्यो भन्ने विषयमा छलफल हुने समाचार एजेन्सी एएनआईले जनाएको छ।
तनावग्रस्त सीमा क्षेत्रमा मेजर जनरलस्तरीय बैठक बसेको छ। लद्दाखको गलवानीमा भारत र चीनका मेजर जनरलस्तरीइ वार्ता चलिरहेको बिबिसी हिन्दीले जनाएको छ। समाचार एजेन्सी एएनआईले हिजो राती भएको हिंस्रक झडपका कारण उत्पन्न तनावलाई समाधान गर्ने विषयमा छलफल केन्द्रित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।