• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महामारीमा उध्रिएको सरकारको नाफाखोर र भ्रष्ट चरित्र

64x64
विद्युत लामिछाने बुधबार, असार ३, २०७७  ०७:२१
1140x725
जेठ २९ गते बालुवाटारमा भएको प्रदर्शनमा एक प्रदर्शनकारी

महामारी टार्न सकिन्न तर त्यसको प्रभावलाई कम गर्न सकिन्छ। महामारी तथा विपत्तिमा नेतृत्व गर्ने दायित्व सरकारको हो। गैरसरकारी संस्था, निजी क्षेत्र तथा आम नागरिकले सरकारको प्रयासलाई सहयोग गर्ने हो। त्यसैले भनिन्छ, सरकार कति प्रभावकारी छ भन्ने परीक्षा कठिन समयमा हुन्छ। किनभने हरेक कठिन समयमा जनताले आशा र भरोसा सरकारमाथि नै राखेका हुन्छन्। 

विश्वभर कोरोना महामारीले सरकारहरुलाई परीक्षामा राखेको छ। महामारीले सिर्जना गरेको परीक्षामा कतिपय देशका सरकार प्रभावकारी निस्किए। नेतृत्वमा सुझबुझ देखियो। चीनले कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरलाई दुइ महिनामा खोल्न सफल भयो। न्युजिल्याण्डले ७५ दिनमा कोरोना भाइरस नियन्त्रणमा आएको दाबी गर्‍यो। यसैगरी अस्ट्रेलिया, दक्षिण कोरिया, जापान जस्ता राष्ट्रहरु यो भाइरस नियन्त्रणमा सफल भइरहेका छन्।

तर उल्लेखित सरकारहरुको ठीक विपरित तरिकाले नेपाल सरकार अघि बढिरहेको छ। सरकार प्रभावहीन मात्र देखिएन। संकटको मौका छोपेर जनतालाई थप शोषण र दोहन गर्न उद्यत पनि देखियो। यसले सरकारको उपादेयता र औचित्यमै प्रश्न खडा गरेको छ। 

भ्रष्टहरुको बचाउमा प्रधानमन्त्री
तयारीको लागि समय हुँदासम्म सरकार प्रमुखको मृगौलाको अपरेसनको लागि सारा स्वास्थ्य संयन्त्र लाग्छ। लगत्तै स्वास्थ्यमन्त्री सरुवा बढुवामा लाग्छन्। त्यही समयमा पर्यटनमन्त्री कोरोनामुक्त देश भनेर प्रचार गरेर पर्यटन प्रबर्द्धन गर्ने योजना अघि सार्छन्। स्वास्थ्यमन्त्री चीनमा पानी परेर नेपालमा छाता किन्न नपर्ने तर्क गर्दै बस्छन्। अत्यावश्यक स्वास्थ्य खरिदको प्रक्रिया दुई महिना अवरुद्ध हुन्छ। अनि जब अनुमान गरेझैं कोरोना छिर्छ तब सरकारले आफू अनुकूलको कम्पनीमार्फत सामान आयात गर्ने निर्णय गर्छ। कम्पनी विवादमा परेपछि सेनाको शरण लिएर सामान उही दरमा वा अझै महंगो मूल्यमा खरिद गर्छ।

एकातिर प्रधानमन्त्री भ्रष्टाचारीको मुख समेत हेर्दिनँ भन्छन्। अर्कोतिर यी सारा घटनाक्रममा प्रधानमन्त्री बोल्दैनन्। बोलिहाले भ्रष्टाचार भएकै छैन भन्ने दाबी गर्छन्। एउटा सामान्य नागरिकले पनि भन्नसक्छ- सरकारले व्यवस्था गरेको क्वारेन्टाइनहरुको अवस्था के छ? 

एउटा स्वस्थ मानिस बस्न आधारभूत सुविधा समेत नभएको क्वारेन्टाइन निर्माणमा अर्बौं खर्च भएको विवरण बाहिर आएको छ। अनि सरकार भन्दै छ, जनताले यो पत्याइदिनुपर्छ। विज्ञहरु भन्दैछन् आरडिटी परीक्षण भरपर्दो हुन्न। व्यवहारमै पनि आरडिटीले नेगेटिभ देखाएका केस पोजेटिभ र पोजेटिभ देखाएका नेगेटिभ देखिएको छ। तर पनि सरकार अर्बौंको आरडिटी किट नै खरिद गर्छ। अनि प्रश्न गर्ने जनतालाई बन्देज गर्न खोज्छ।

अझै जनता आक्रोशित हुने घटनाक्रमहरु छन्। विपद्को बेलामा सहुलियत दिनु त कता हो कता हवाइजहाज चार्टडमा सरकारले नै उच्च भाडादर तोकेर कमिशन कुम्ल्याएको खबर समेत सार्वजनिक भइसकेको छ। अर्थात आपतमा परेको जनतासँग समेत सरकार पैसा असुल्न चाहन्छ। यो भनेको सरकारको भ्रष्ट र नाफाखोर चरित्र हो।

दुर्भाग्यवश सर्वहारा मुक्तिको नारा लगाएर सत्तामा पुगेका कम्युनिष्ट सरकारमा एकसाथ भ्रष्ट र नाफाखोरी चरित्र देखिएको छ। अझै चिन्ताको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुलाई बचाउ मात्र गरेका छैनन्, संस्थागत भ्रष्टलाई कारबाही नहुने संकेत गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उडन्ते र बतासे
बोल्न थालेपछी प्रधानमन्त्री ओलीमा उडन्ते चरित्र सवार हुन्छ। भाइरस रोकथाममा भएको सरकारी हेलचक्र्याइँबाट ‍आजित जनता झन् प्रधानमन्त्रीको पटक पटकका अनुत्तरदायी र असंवेदनशील अभिव्यक्तिबाट आक्रोशित भएका छन्। नेपालीको प्रतिरोधात्मक शक्ति बलियो भएको, मृत्यु हुनेहरु कोरोना भाइरसबाट मृत्यु नभएको जस्ता प्रधानमन्त्रीका गैह्रजिम्मेवार अभिव्यक्तिले आक्रोशित युवाहरुलाई सडकमा उत्रन बाध्य नै बनायो।

हालै प्रधानमन्त्रीले भने- ‘गफ हानेको होइन, ढुक्क रहौं मुलुक बन्छ।' प्रतिबद्धता त प्रधानमन्त्रीले कति गरे गरे। उनको सरकार गठन भएको अढाइ वर्षमा रेल आयो? पानीजहाज चल्यो? पाइपबाट घरघरमा ग्याँस पुग्यो? सडकहरु चिल्ला भए? काठमाडौंको धुलो हट्यो? अन्तर्राष्ट्रिय स्तरका अस्पताल बने? शिक्षामा कुनै सुधार भयो? यी यावत प्रश्नहरुको एउटै जवाफ छ- केही भएन।

सरकारले लय लिनै सकेन। प्रतिबद्धता अनुसार फिटिक्क काम भएन। अब यी कमजोरीलाई ढाक्न प्रधानमन्त्रीले अर्को बतासे गफ हानिदिए, मुलुक बन्छ भनेर। मुलुक बनाउनै पर्छ तर एउटा कुरा ढुक्क भइयो, केपी ओलीको नेतृत्वमा त्यो सम्भव छैन। उनी चकलेटमा कर घटाउने तर शिशुले खाने दुधमा कर बढाउने अर्थमन्त्रीलाई च्यापेर अर्थतन्त्र कायापलट गर्ने गफ दिँदैछन्। यसबाहेक यति, ओम्नी, विशाल ग्रुप जस्ता व्यापारिक समूहसँग उनको लगाव र ती कम्पनीहरुले पाएका फाइदाको त चर्चा नै गर्न आवश्यक भएन। 

राष्ट्रवादको आवरणमा छोपिएला कमजोरी?
प्रधानमन्त्री कसैलाई सुन्ने अवस्थामा छैनन्। न त उनी सुन्न चाहन्छन्। उनको कुरा सुन्दा लाग्छ- उनलाई यो जगतको सबैभन्दा धेरै ज्ञान छ। सल्लाहकारहरुको एउटा झुण्डको चाकरीमा रमाएर बसेका छन्। उनी एउटा यस्तो चाकरीबाजहरुको चङ्गुलमा फसेका छन्, जहाँबाट बाहिर निस्कन सहज छैन।

त्यो सानो समूहले प्रधानमन्त्री ओलीको रक्षाकवचको रुपमा सधैं राष्ट्रियताको विषय उठान गर्दछ। राष्ट्रवादलाई आफ्नो पेवा ठान्ने ’ओलिवाद’मा अरुको आवाज सुन्नसक्ने धैर्यता छैन। सरकारका कमीकमजोरी जसले औंल्याइदियो, उनीहरुलाई देशद्रोही देख्ने प्रवृत्ति यो वादमा छ। पहिला नेपाली कांग्रेस झुक्कियो वा कतिपय नेतालाई झुक्याइयो। राष्ट्रवादको दुकान चल्यो। राष्ट्रवादको आडमा जोकरले समेत राजनेता भन्दै प्रचार गरे। यो पटक कांग्रेस र हालै एकीकरण भएको जसपाले सीमाको सवालमा अडान राख्दा राष्ट्रवादको पसल बन्द होला जस्तो छ। जनताले पसलेको ठगी बुझ्ने मौका पाए।

युवाहरु किन सडकमा?
जब सरकारको नालायकीपन बढ्दै गयो, जब सरकारले आसेपासे मात्र पोस्ने नीति अनुरुप काम गर्न थाल्यो, तब हजारौं युवाहरु देशव्यापीरुपमा सडकमा ओर्लिए। युवापुस्ता, जसको भविष्य सरकारका प्रत्येक गतिविधिसँग जोडिएको छ, उनीहरुले प्रश्न गर्नु र हिसाब खोज्नु नाजायज होइन। 

प्रधानमन्त्री र उनीसँगै सरकारका कमीकमजोरीलाई छोप्न निर्लज्ज उत्रिएकाहरु भन्दैछन्, युवाहरु सडकमा आएर यो प्रणाली कमजोर बनाउन खोजेका हुन्। अझै कतिपय त केपी ओली नरहँदा देशको अस्तित्व नै नरहनेसम्म हावादारी र चाकरीग्रस्त तर्क राख्छन्। ती सबै नालायकको बचाउ गर्ने लुला तर्कहरु हुन्। युवाहरु यो राजनैतिक प्रणालीको विरोधमा सडकमा उत्रिएका होइनन्। केपी ओली मात्र होइन युवाहरुको अहिलेको आन्दोलन लगभग सबैजसो दलको शीर्ष नेतृत्वको विरोधको आवाज पनि हो।

युवाहरु सडकमा आए भनेर माधन नेपाल, प्रचण्ड, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महन्थ ठाकुर, बाबुराम भट्टराई वा उपेन्द्र यादव खुसी हुन पर्दैन। सडकमा आएका युवाहरुले पुस्तान्तरणको माग गरेका छन्। भिजनसहितको नेतृत्वको खोजी गरेका छन्। किनभने कुशासनको दुष्चक्रको लागि यी सबै जिम्मेवार छन्। तर यथार्थ के हो भने हालका प्रधानमन्त्रीले कुशासन र भ्रष्टको संरक्षणमा सबैलाई उछिने। यस अर्थमा वर्तमान नेपालमा कुशासन र भ्रष्टाचारको मानक हुन्, केपी ओली र उनले नेतृत्व गरेको सरकार। 

महामारी नियन्त्रणमा सामाजिक दूरीको महत्त्व बढिरहँदा सडकमा प्रदर्शनमा उत्रिनु अहिलेको समयमा उचित नहुनसक्छ तर यो रहर होइन, बाध्यता हो। कोभिड १९ को महामारीको भन्दा ठूलो डर अहिलेको सरकारको छ। सरकारका प्रत्यक गतिविधिले युवापुस्ताको भविष्यलाई अँध्यारोमा धकेलिरहेको छ र त उब्जिएको छ, यो आक्रोश। पूरै सत्ता युवाहरुको आवाजसँग डराएको छ। रातदिन एउटा दस्ता परिचालन गरेर सरकार विरोधीहरुको मुख थुन्ने प्रयासमा छ। प्रदर्शनमा उत्रिएका जनतालाई ६ महिना जेल हाल्ने धम्की दिनु कारयरता हो, अथवा भनौँ प्रधानमन्त्री डरपोक छन्।

सुशासन नै हो चाहना 
सडकमा हुने प्रदर्शनले नयाँ नक्साको विरोध गर्दैन। मातृभूमिको विरोध गर्दैन। गर्छ त फगत त्यो शासकको, जो संसदमा बसेर भ्रष्टको पक्षमा बोल्छन्। जो निन्दक हुन्। जो घृणा रुचाउँछन्। जो मुखाले छन्। जो जनताको सम्मान गर्न जान्दैनन्। नयाँ नक्सा जारीसँगै नयाँ युग माग्ने पुस्ता आए।

जनताले लकडाउनको पहिलो दिनबाटै सरकारसँग हिसाबकिताब मागेका थिए। अझै १० रुपैयाँ पर्ने मास्कलाई ५२ रुपैंयाको बिल हुँदा खर्चको फाँटबारी देखाउने भनेर जनता झुक्याउन खोजियो। सेना मार्फत गरिएको खरिदमा समेत अनियमितता देखियो। तर सरकार र यिनका समर्थक नक्सा संशोधन छ भनेर विरोधका कार्यक्रम निस्तेज पार्न खोज्ने प्रयासमा लागिरहे। के यो महामारी सडकमा कफन बाँधेर उत्रिएका युवाहरु ओली जत्तिका राष्ट्रवादी होइनन् त? नेपालको नक्सा संशोधन कसैको ठेक्का होइन। यसलाई कांग्रेस, जसपा लगायतले समर्थन गरेका छन्। राष्ट्रवादी दोकान देखाएर अर्बौंको लुट छोप्छ भन्ने भ्रम त्याग्नु जरुरी छ। यस्तो महामारीमा जनता लुट्न पाइन्छ? 

यो देश कसैको पेवा होइन। राष्ट्रवाद कसैको मागी खाने भाँडो पनि होइन। जब युवापुस्ताको भविष्यलाई अन्धकारतर्फ धकेलिन्छ, उनीहरुको शक्तिलाई नजरअन्दाज गरिन्छ, अनि विस्फोटन हुन्छ उनीहरु भित्रको आवाज। न यो छेकेर छेकिन्छ, न दबाएर दब्छ। सरकारले युवा आन्दोलनलाई  बेलैमा बुझेन र नजरअन्दाज गरिरह्यो भने ठूलै मूल्य चुकाउनुपर्ने हुनसक्छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विद्युत लामिछाने
लेखकबाट थप
महामारीमा उध्रिएको सरकारको नाफाखोर र भ्रष्ट चरित्र
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्