काठमाडौं- आइएमई लिमिटेडले नयाँ उपहार योजना सार्वजनिक गरेको छ। कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि 'आइएमई घरमै १ लाख जितौं' उपहार योजना सार्वजनिक गरिएको हो।
यसअन्तर्गत् जेठ ३१ गतेबाट सुरू गरिएको 'आइएमई घरमै' उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रूपैयाँ प्रदान गरिनेछ। त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रूपैयाँ प्रदान गरिनेछ सेवाग्राही मुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको कम्पनीले जनाएको छ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रूपैयाँ बोनसस्वरूप प्राप्त गर्न सकिनेछ। विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।