काठमाडौं- इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु गरेको छ।
ई-कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित छ। क्लियर टिभीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामग्रीलाई समावेश गरी च्यानलको प्रसारण सुरू गरेको हो।
विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको ई-कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले विद्यार्थीका लागि यो कार्यक्रम लाभदायक रहने विश्वास लिएको छ।
क्लियर टिभी, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो। यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।