काठमाडौं- नेपालका लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन ‘नोकिया सी-टु’बजारमा ल्याएको छ। उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र पर्याप्त स्टोरेज क्षमता भएकोले यो मोबाइल अन्य प्रतिस्पर्धीका तुलनामा कम मूल्यको र राम्रो हुने कम्पनीको दाबी छ।
नोकिया सी टु–फोजी स्मार्टफोनमा ५.७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ। जसलाई टफन ग्लासद्वारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ। यसमा एन्ड्रोइड ९ पीईआई (गो इडिसन) अपरेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो। गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिने कम्पनीले जनाएको छ।
यसमा माइक्रो एसडी कार्डद्धारा ६४ जिबीसम्म स्टोरेज बढाउन सकिने क्षमता छ। साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ। यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ।
स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५ मेगापिक्सेल क्यामरा, सेन्सर एलईडी फ्ल्यास् लाइट रहेको छ। यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्यान्डर्ड क्यामरा फिचरहरु रहेको छ।
नोकिया सी२–फोरजी स्मार्टफोनको बजार मूल्य ९ हजार ३ सय पर्ने कम्पनीले जनाएको छ। नोकियाका फिचर फोनहरु र नोकिया सी१ स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।