काठमाडौं– जनता समाजवादीकी सांसद सरिता गिरीले तराई मधेसका सांसदलाई संसदमा समेत अभिव्यक्तिको स्वतन्त्रता नरहेको बताएकी छन्।
संविधान संशोधनको विरोधमा रहेकी गिरीले संसदमा बोल्न नपाएपछि बाहिरिएकी थिइन्। संसदमा बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै नेतृ गिरीले संविधान संशोधनको आधार नै नखुलेको आरोप लगाइन्। उनले भनिन्, ‘नयाँ नक्सा सार्वजनिक गर्दा, परिवर्तन गर्दा आधार र कारण खुलाउन पर्ने हो।’
सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर नक्सा सार्वजनिक गरेको भए सुगौली सन्धिकै विषयमा छलफल हुनुपर्ने तर्क राखिन्।
गिरीले सभामुखले उनको प्रस्ताव अस्वीकृत गरेको कार्यप्रति विरोध जनाइन्। नक्साका प्रमाण जुटाउन विज्ञ समूह गठन भएको जनाउँदै सरकारले हतारमा नक्सा सार्वजनिक गरेको बताइन्। नक्साको मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।