काठमाडौं- समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। केही बेरअघि सकिएको बसेको संसदीय दलको बैठकले सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए।
‘पार्टीको बैठकले सबै सांसदले संविधान संशोधनको पक्षमा एक भई मतदान गर्ने निर्णय भएको छ। सबै सांसदले दलको निर्णय मानेर मतदान गर्नु हुने छ’, यादवले भने, ‘यदि दलको निर्णय उल्लंघन गरे पार्टीले कारबाही गर्छ। त्यसको अर्को विकल्प छैन।’
सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत क्षेत्रलाई समेटेर निशान छाप संशोधन गर्न संविधान संशोधन दोस्रो विधेयक दर्ता गराएको थियो। त्यसमाथि प्रतिनिधिसभामा आज मतदान हुँदैछ।
सत्तारुढ नेकपासहित काग्रेस, राजपा लगायत दलले सर्वसम्मत रुपमा मतदान गर्ने निर्णय गरिसकेका छन्। तर, समाजवादीमा सरिता गिरीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भन्दै चेतावनी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।