काठमाडौ- जनता समाजवादी पार्टी, नेपालको शुक्रबार बसेको पदाधिकारी बैठकले नेपालको संविधानको अनुसूची-३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको तत्कालीन समाजवादी पार्टीको बैठकले सरकारले पेश गरेको संविधान संशोधनको विधेयकमा सर्वम्मत रुपमा मतदान गर्ने निर्णय गरेको वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए। बैठकमा पार्टीमा बाबुराम भट्टराईको वरियता र पदको छलफल हुनुका साथै राजेन्द्र महतोको जिम्मेवारीका विषयमा समेत छलफल भएको बुझिएको छ।
निर्वाचन आयोगमा दल दर्ता गरेपछि जसपाको पदाधिकारी बैठक पहिलो पटक बसेको हो। बैठकमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू आशोक राई, बाबुराम भट्टराई, राजेन्द्र महतो सहभागी थिए। यस्तै जसपाकै राजेन्द्र श्रेष्ठ र सरदसिंह भण्डारी समेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।