काठमाडौं– जनता समाजवादी दलले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल भएको जनाएको छ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग लगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमिततामा बढ्दै गएको जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाएको जसपाले जनाएको छ। जनप्रदर्शनमाथि दमन नगर्न र प्रर्दशनकारीको आवाज सम्बोधन गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।