फाइल फोटोः वैशाख २५ गते स्वाब संकलनका क्रममा एक सांसद
काठमाडौं- लकडाउनको अवधिमा आ–आफ्नो जिल्ला पुगेर फर्किएका सबै सांसदले पिसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने भएको छ।
सबै सांसदको गत वैशाख २५ र २६ गते नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पिसीआरका लागि स्वाब संकलन गरिएको थियो।
एउटै व्यक्तिको पटकपटक पिसीआर गर्न राज्यलाई व्ययभार बढ्ने भएपछि जिल्ला पुगेर फर्किएका सांसदलाई पुनः पिसीआर गरेर मात्रै फर्किन सुचित गरिएको संसद सचिवालयका उपसचिव दशरथ धमलालले बताए।
‘हामीले एक पटक सबै सांसदको पिसीआर परीक्षण गरिसक्यौं। पटकपटक एउटै व्यक्तिको पिसीआर परीक्षण गर्न आर्थिक रुपमा खर्चिलो हुने भएपछि आफैं गर्नुपर्ने निर्णय गरेका हौं’, धमलाले भने, ‘जिल्ला पुगेका जुनजुन माननीय हुनुहुन्छ। उहाँले आफैं जानीबुझेर पिसीआर गराएर रिपोर्ट ल्याउनुपर्छ।’
उपत्यका बाहिरका जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सांसदलाई पिसीआर अनिर्वाय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।