काठमाडौं- शुक्रबार कुवेतबाट १ सय ४९ जना स्वदेश फर्किएका छन्। आममाफी पाएका १ सय ४० महिला र ९ जना बालबालिकालाई जजिरा एयरवेजमार्फत कुवेतले काठमाडौं ल्याइदिएको हो।
बिहीबार पनि कुवेतबाट २ सय ९९ सय नेपाली महिला फर्किएका थिए। कुवेतमा आममाफी पाएका २९ हजार ९ सय ९१ नेपालीहरु थिए। बाँकीलाई पनि कुवेतले क्रमशः नेपाल ल्याइदिने भएको छ।
आममाफी पाएकालाई स्वदेश फर्काइसकेपछि अन्य समस्यामा परेकाहरुलाई पनि स्वदेश फर्काउन सुरु गरिने दूतावासले जनाएको छ।
रोजगारी गुमाएका, करार अवधि सकिएका वा विभिन्न समस्यामा परेका ४ हजारभन्दा बढीले स्वदेश फर्कन दूतावासमा आवेदन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।