• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाँच्न पाउने अधिकार जोखिममा: मानव अधिकार आयोग

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३०, २०७७  १२:३४
1140x725

काठमाडौं – २०७७ जेठ ५ गते अन्नको जोहो गर्न घरबाट कोदालो र छाता लिएर निस्केका महोत्तरीका मलर सदा खेतमै ढले। खानाको जुगाड गर्न निस्केका मलर सदाले ६ जेठको राति खेतमा ज्यान गुमाए।

– २०७७ जेठ ९ गते संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याएइकी सुत्केरीको उपचार गर्न भेन्टिलेटर नपाउँदा सोही रात मृत्यु भयो। थापाथलीस्थित प्रसूतिगृहमा साँझ साढे ५ बजे ल्याइपुर्‍याइएकी खाँदबारी–६, पाँठाकी ३२ वर्षीया गंगा कार्कीको भेन्टिलेटर खोज्दाखोज्दै मृत्यु भएको थियो।
 
– जेठ ४ गते बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भयो। युवकको मृत्य हुनुभन्दा अघिल्लो दिन परीक्षणका लागि स्वाब संकलण गरिएको थियो। मत्युपश्चात उनको रिपोर्ट पोजेटिभ आएको थियो। जेठ ३ गते रातिबाट युवकलाई ज्वरो तथा झाडापखाला लागेपछि स्वास्थ्यमा समस्या देखिएको थियो। उनी भारतबाट वैशाख ३० गते नेपाल फर्केका थिए।

सदा, गंगा र नरैनापुरका युवक प्रतिनिधि पात्र हुन्, जसले लकडाउनमा ज्यान गुमाए। हालसम्म कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुमाएका छन्।

कोरोना संक्रमणपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरको मानव अधिकार अवस्था अनुगमन गरेको थियो। आयोगको अनुगमनका क्रममा खाद्यान्नको अभावमा जीवन जोखिममा रहेकाको जनसंख्या धेरै रहेको उसको निष्कर्ष  छ। खासगरी प्रदेश २ मा यो जोखिम ४७.९ प्रतिशत रहेको आयोगको निष्कर्ष छ।

‘मलर सदा बस्ने नगरपालिकामा पहिलो चरणको राहत वितरण भइसकेको छ र दोस्रो चरणमा राहत वितरण गर्ने तयारी भएको नगरपालिकाले जनाए पनि त्यहाँ धेरै मानिस भोकभोकै बसेको देखिन्छ’, अयोगको प्रतिवेदनमा भनिएको छ, ‘खाद्यान्नको अभावमा मृत्यु भएपछि मात्र दुईजना स्वास्थ्यकर्मी, वडाध्यक्षसहित मृतकको घरमा राहत लिएका पुगेका थिए। मृतककी श्रीमतीले दमको रोगी भएको र रक्सी सेवन गर्ने गरेको पनि आयोगको अनुगमनमा पाइएको छ। तर, प्रदेश २ का सामाजिक अभियन्ताहरूले भने खाद्यान्नको अभावमै सदाको मृत्यु भएको दाबी गरेका छन्।   लकडाउनका बेला मुसहरले बाहिर काम पनि पाउँदैनन्। आफ्नो जग्गा जमीन छैन, पैसा नभएर खान पाउँदैनन्, अनि भोकै मर्न बाध्य छन्।‘

 प्रदेश २ कै जिल्ला पर्साको जीरा भवानी गाउँपालिका वडा नम्बर १ मा ३० घरपरिवार मुसहर र ३५ घरपरिवार धाङड (उराउ) समुदायका मानिसहरूले अहिलेसम्म राहत पाएका छैनन्।

काठमाडौंको प्रसुतिगृह आइपुगेर ज्यान गुमाएकी महिलाले उपचार पाउने हकबाट वञ्चित भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

‘हाम्रो अस्पतालमा न्युरोसम्बन्धी उपचार हुँदैन, सुत्केरीलाई भेन्टिलेटरसहितको उपचार आवश्यक थियो,’ अस्पतालका निर्देशक डा जागेश्वर गौतमले भने, ‘हामीले न्युरोको उपचार हुने र भेन्टिलेटर भएको पाटन, वीर र टिचिङ सबै सरकारी अस्पतालमा फोन गरेर बिरामी भर्ना लिन आग्रह गर्‍यौं तर कतै पनि लिएनन्।’

nimb
nimb
Ncell 2
Ncell 2

उनका अनुसार अस्पताल ल्याउँदासम्म गंगाको उपचारमा निकै ढिला भइसकेको थियो। जटिलताका कारण उनको टाउकोमा असर परिसकेकाले भेन्टिलेटर आवश्यक थियो। उनका अनुसार कार्कीलाई एक सय डिग्रीभन्दा बढी ज्वरो पनि थियो।

एक साताअघि सुत्केरी बेथा लागेपछि कार्कीलाई संखुवासभाको खाँदबारी अस्पताल पुर्‍याइएको थियो। परिवार स्रोतका अनुसार उनको गर्भ आठ महिना मात्रै पुगेको थियो। उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको पत्ता लागेपछि अस्पतालले उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज रिफर गरेको थियो। नोबेलमा उनले मृत शिशु जन्माएको सासू जानुका कार्कीले बताइन्। ‘प्रेसर बढेको भनेर बुहारीको अप्रेसन पनि भएन,’ उनले भनिन्।

अपरेसन नभएपछि अस्पतालले भ्याकुमको सहायताले मृत बच्चा निकालेको थियो। उपचारमा मात्रै चार लाख खर्च भएपछि अस्पतालले थप उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो। कोरोनाको अन्य लक्षण नभए पनि परिवारलाई शव जिम्मा लगाउनुअघि परीक्षणका लागि उनको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। रिपोर्ट आउँदा कोरोना पोजेटिभ पाइएको थियो। 

यस अवधिमा पत्रकारमाथि दुर्व्यवहारको घटनामा पनि बृद्धि भएको आयोगले जनाएको छ। आयोगले यो अवधिमा ६ जनालाई धम्की दिएको, ४ जनालाई गिरफ्तार गरिएको समाचार संकलनमा अवरोध गर्दा ६ जना पीडित भएको आयोगले जनाएको छ।

आयोगले सरकारलाई २२ बुँदे सिफारिस र सुझाव पनि दिएको छ। महामारी दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालहरूमा पर्याप्त मात्रामा भ्यण्टिलेटर, आइसोलेसन वार्ड, पिपिआर, आवश्यक औषधीलगायतको अभाव खड्किएको तर्फ विचार गरी सोको पर्याप्त व्यवस्था गर्न पनि आयोगले भनेको छ। लकडाउनको अवधिमा राहत वितरणमा देखिएका समस्याहरूको उचित व्यवस्थापन गर्न, अपांग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्वासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पुर्‍याउन  आयोगले भनेको छ।

यस्ता छन सिफारिस 
१. कोभिड १९ को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा आमनागरिकहरूले थप सचेतता अपनाउन र लकडाउनको पालनामा देखिएका कमीकमजोरीलाई सच्याई आवश्यकता र औचित्यताका आधारमा कडाइका साथ लकडाउनको पालना गर्न/गराउन।

२. संक्रमण पत्ता लगाउनका लागि आरडीटी परीक्षण भरपर्दो नभएकोले पिसीआर परीक्षणको लागि पर्याप्त उपकरणको व्यवस्था गर्न, संक्रमितक क्षेत्रमा पिसीआर परीक्षणलाई तीव्रता दिन तथा अस्पतालहरूमा पर्याप्त पीपीइ व्यवस्था गर्न।

३. निषेधित तथा सिल्ड गरिएका क्षेत्रका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक,गर्भवती, सुत्केरी तथा शिशुहरूको आधारभूत आवश्यकतामा विशेष ध्यान पुर्‍याउन।

४. अन्तर्राष्ट्रिय सीमा नाकाबाट रातदिन लुकिछिपी प्रवेश गर्ने मानिसलाई नियन्त्रण गर्न र सवारी साधनमा भइरहेको अव्यवस्थित आवतजावत र भिडलाई नियन्त्रण गर्न।

५. सबै क्वारेन्टाइनमा रहेकाहरूलाई मौसम अनुकूलको ओड्ने,ओछ्याउने, सरसफाइको लागि आवश्यक शौचालय, पानी, औषधी र खाद्यान्नको उचित प्रबन्ध गरी क्वारेन्टाइनहरूको भरपर्दो व्यवस्थापन गर्न/गराउन।

६. विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली विद्यार्थी, आप्रवासी कामदार, पर्यटक तथा कामको सिलसिलमा विदेशमा रहेकाहरूको आधारभूत आवश्यकता परिपूर्तिको लागि कूटनीतिक पहल गर्न तथा उनीहरूलाई स्वदेश फर्कने वातावरण प्रभावकारी रूपमा तयार गर्न।

७. लकडाउनलाई प्रभावकारी बनाउने उद्देश्यले खटिएका सुरक्षाकर्मीहरूमाथि कतिपय स्थानमा आक्रमणसमेत भएकोले सो को जोखिम विश्लेषण गरी सुरक्षाकर्मी थप गर्दै उनीहरूको मनोबल उच्च बनाउन तथा सुरक्षाकर्मीको बसोवास, खाद्यान्न र स्वास्थ्य–सुरक्षा उपकरणको समेत समुचित प्रबन्ध मिलाउन।

८. कोभिड १९ प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएको, कोभिडबाहेकका बिरामीको उपचार हुन नसकेको, राहत वितरण व्यवस्थित हुन नसकेको र दैनिक श्रम गरी जीवनयापन गर्ने व्यक्तिहरूको जीवनयापनमा समस्या देखिएकोले उनीहरूको खाद्य तथा स्वास्थ्य अधिकारको सुनिश्चितता गरी जीवनको अधिकार रक्षा गर्न।

९. समाचार संकलनमा संलग्न सञ्चारकर्मीहरूलाई आवश्यक सूचना उपलब्ध गराउन तथा दुर्व्यवहार नगर्न। 

१०. विद्यार्थी तथा अविभावकहरूसँगको परामर्श र न्यूनतम तयारी विनाको अनलाइन शिक्षाबाट आधारभूत तहका बालबालिकाहरूमाथि मानसिक दबाब पर्नसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान पुर्‍याई कार्य गर्न/गराउन।

११. लकडाउनको अवधिमा हुनसक्ने लैंगिक हिंसा रोकथाम र न्युनीकरणका लागि प्रभावकारी कदम चाल्न, घरेलु हिंसाको रोकथाम र यसबाट बच्न आवश्यक उपाय अवलम्बन गरी महिलाहरूलाई हिंसाबाट बचाउन, साथै क्वारेन्टाइनमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई आवश्यक सेवा सुविधा तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउन।

१२. कोभिड १९ रोकथामका लागि अग्रस्थानमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सफाईकर्मीहरूको उत्प्रेरणा, तथा सुरक्षालाई उच्च प्राथमिकतामा राखी उच्च मनोवलमा कार्य गर्ने वातावरण मिलाउन।

१३. कोभिड १९ को महामारीमा उपचारमा अग्रपंक्तिमा खटिएका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि भइरहेका कुटपिट, अभद्र व्यवहारप्रति सचेत रही उनीहरूको उच्च मनोबल कायम राख्न र सुरक्षाको ग्यारेन्टी गर्न/गराउन।

१४. महामारीबाट बच्न प्रभावकारी उपाय नागरिक सचेतना रहेकोले विभिन्न माध्यमद्वारा सचेतना कार्यक्रमलाई अभियानको रूपमा जनमानसमा पुर्‍याउन।

१५. महामारी दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालहरूमा पर्याप्त मात्रामा भ्यण्टिलेटर, आइसोलेसन वार्ड, पीपीआर, आवश्यक औषधीलगायतको अभाव खड्किएको तर्फ विचार गरी सोको पर्याप्त व्यवस्था गर्न।

१६. लकडाउनको अवधिमा राहत वितरणमा देखिएका समस्याहरूको उचित व्यवस्थापन गर्न, अपांग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, सुकुम्वासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पुर्‍याउन।

१७. लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टाइनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सिमानामा आई लामो समयदेखि क्वारेन्टाइनमा बसेका नागरिकहरूको सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गरी मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि सङ्ंघ, प्रदेश र स्थानीय सरकारबिच आवश्यक समन्वय गर्न।

१८. काठमाडौं उपत्यका र विभिन्न सहरहरूबाट मानिसहरू भिडभाडका साथ गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा भिडभाडयुक्त हाटबजारहरू यथावत सुचारु हुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलहरूमा पनि मानिसहरूको भीड, आपसको दूरी कायम हुन नसक्नुजस्ता कारणले सङ्क्रमणको जोखिम थप बढ्न जाने देखिएकाले सम्बन्धित पक्षबाट यसप्रकारको भिडभाड नगरी आपसमा शतर्कता साथ दूरी कायम गरी लकडाउनको पालना गर्न/गराउन।

१९. पत्रकारहरूलाई आवश्यक सूचना प्रवाह गर्न, गराउन, पत्रकारमाथि भएका आक्रमण, धम्की र दुर्व्यवहार रोक्न, श्रमजीवी पत्रकारहरूको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन।

२०. पत्रकारको सुरक्षाको सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रमलाई कार्य गर्न गराउन।
२१. लकडाउनको अवधिमा आत्महत्याका घटना बृद्धि भएको देखिँदा मनोसामाजिक परामर्श सेवाहरू सञ्चालन गर्न गराउन।

२२. देशका अधिकांश निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाको पारिश्रमिक २०७६ चैत्र महिनादेखि नै उपलब्ध गराएको नदेखिँदा तत्काल सेवा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’
सम्बन्धित सामग्री
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत... मंगलबार, जेठ २६, २०८३
१० बुँदे सम्झौता कार्यान्वयन माग गर्दै रास्वपा कार्यालय अगाडि जेन जेडको धर्ना र नाराबाजी प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते तथा शहीद भएका व्यक्तिहरूको उ... मंगलबार, जेठ २६, २०८३
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो मंगलबार बिहान त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको जानमा रोक लगाएको हो। मंगलबार, जेठ २६, २०८३
ताजा समाचारसबै
पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता मंगलबार, जेठ २६, २०८३
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने मंगलबार, जेठ २६, २०८३
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
पदभार ग्रहणपछि गृहमन्त्री गुरुङद्वारा चरित्र हत्याविरुद्ध कडा चेतावनी मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्