काठमाडौं- सरकारले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समिति गठन गरेको छ।
सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल-भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समिति गठन भएको जानकारी दिएका हुन्।
उनका अनुसार नीति अध्ययन प्रतिष्ठानका संयोजक विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समित गठन भएको हो।
समितिमा अन्य सदस्यहरूको नाम भने सार्वजनिक भएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।