काठमाडौं– सरकारले सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको कार्यकाल दोश्रोपटक थपेको छ।
जेठ १५ मा सकिएको आयोगको म्याद थप ६ महिना थप्ने मन्त्रिपरिषदले निर्णय गरेको हो। मन्त्रिपरिषदले आयोगको रिक्त पदमा स्याङ्जाका पुष्यप्रसाद भुसाललाई मनोनित गरेको छ।
गत जेठबाट कार्य सुरु गरेको आयोगको पहिलो कार्यकाल छ महिनाको थियो। बीचमा थप ६ महिना थपिएको थियो। आयोगलाई देशभरबाट सार्वजनिक जग्गा र गुठी मिचिएका १६६ उजुरी परेको थियो।
पहिलो ६ महिनाको कार्यकालमा आयोगले १० उजुरीको मात्रै अध्ययन सकेर मन्त्रालयलाई बुझाएको थियो। लकडाउन सुरु भएसँगै आयोगको उजुरी उपरका छानबिन रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।