एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै चार राज्यमा चुनावी र्याली गर्ने घोषणा गरेका छन्। कोरोनाका कारण गत तीन महिनादेखि चुनावी र्याली स्थगित गर्दै आएको छ।
ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्ना र्याली ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनाबाट सुरु गर्ने बताए। उनले सम्भवतः सबैभन्दा पहिला ओकाहोमाको टस्लाबाट र्याली सुरु गर्ने बताए। अर्को शुक्रबारबाट यो र्याली सुरु हुने उनले जानकारी दिए।
उनले कोरोना संक्रमणका लागि कस्तो प्रकारको सावधानी अपनाइन्छ भन्ने बारेमा केही बताएका छैनन्। ट्रम्पको प्रतिस्पर्धीको रूपमा डेमोक्रेट नेता जोन विडेन छन्। अमेरिकामा यही वर्ष नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।