काठमाडौं- विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि ६७ वटा उडान हुने भएको छ। जसमा नेपाली एयरलाइन्सहरू नेपाल एयरलाइन्स र हिमालय एयरले ४३ उडान गर्नेछन्। त्यसमा पनि नेपाल वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन्। बाँकी २४ उडान विदेशी उडान कम्पनीले गर्नेछन्।
नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ। असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ।
असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ।
यसैगरी, असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ। असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ।
असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ। असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ। असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ।
असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई एयरलाइन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको हो। १० उडानबाट दुई एयरलाइन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन्।
नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले विदेशबाट दैनिक १४ उडानमार्फत दुई हजार ६ सय ५६ यात्रुको नेपाल ल्याउन सक्ने प्रस्ताव गत साता पठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।