काठमाडौं– लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ।
सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको हो। केही महिना पहिले नै डेल्टा डिष्ट्रिब्युटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए तापनि लकडाउनका कारण हालैमात्र टायर नेपाल आइपुगेको हो।
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनीमध्ये एक हो। चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन्। विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छन्। विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनीमध्ये लिङलङ पनि पर्छ।
डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री–वितरण गर्ने जानकारी निर्देशक विक्रम सिंघानियाले दिए। नेपाली सडक सुहाउँदो टायर भएकाले यसले राम्रो बजार हिस्सा लिने विश्वास लिइएको निर्देशक सिंघानियाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।