प्रतीकात्मक फोटो
काठमाडौं- कालिकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ। भारतबाट फर्किएका मानिसलाई क्वारेन्टाइनमा राख्न लग्दै गरेको टिपर नदिमा खसेको हो।
टिपर लालिघाट बजार नजिकै दुर्घटना भएको हो।
प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बुधबार बिहान दुर्घटना भएको बताए। दुर्घटना भएको स्थानमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। रासकोट नगरपालिकामा लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको र कति मानिस थिए भन्ने एकिन हुन नसकेको उनले बताए।
गाडीमा ३४ जनासम्म भएको हुनसक्ने अनुमान गरिएको र घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले एम्बुलेन्सबाट सदरमुकामतर्फ लैजाँदै गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।