काठमाडौं- ओमानबाट अप्ठ्यारोमा परेका नेपालीहरुलाई आगामी सोमबार ल्याइने भएको छ। दूतावासका अनुसार उनीहरुलाई १५ जुनमा सलाम एयरमार्फत ल्याइने तयारी गरिएको छ।
नेपालीहरुलाई स्वदेश फर्कन सहजीकरण गर्न सरकारको आदेश २०७७ अनुसार प्राथमिकताका आधारमा ओमानबाट नेपालीहरु फर्काइने दूतावासले जनाएको छ।
स्वदेश फर्कन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कम्तीमा ७ दिनभित्रको कोभिड १९ को नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने दूतावासले उल्लेख गरेको छ।
आफूलाई पायक पर्ने नजिकैको परीक्षण केन्द्र वा दूतावासले उल्लेख गरेका स्वास्थ्य संस्थामा परीक्षण गराउन दूतावासले आग्रह गरेको छ। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ हुनेहरुले सलाम एयरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न सकिने दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।