काठमाडौं- इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन्। कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उनको कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसहित नेपालमा कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ७२ पुगेको छ। ओखलढुंगा, मनाङ, मुस्ताङ, रसुवा र रुकुम पश्चिममा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।
नेपालमा कोरोना संक्रमित भेटिएका मध्ये ५८४ जना भने निको भएर घर फर्किएका छन् भने १५ जनाको यसका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।