काठमाडौं- एननएफआरएस ‘नयाँ वित्तीयमान प्रणाली’ अनुसार वितरणयोग्य नाफा ऋणात्मक देखिएपछि सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लागि लाभांश दिन नसक्ने भएको छ। वितरण योग्य नाफा ऋणात्मक देखिएपछि कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ मा लाभांश नदिने निर्णय गरेको हो।
हरेक वर्ष आकर्षक लाभांश वितरण गर्दै आएको कम्पनीले प्रायः बोनस शेयरलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीले गत वर्ष नाफा गरेको छ। गत आर्थिक वर्षदेखि अनिवार्य रुपमा लागू भएको एनएफआरएस अनुसार कम्पनीहरुले आगामी दायित्वलाई समेत राखेर वित्तीय विवरण बनाउनुपर्छ। यसका लागि अहिलेदेखि नै आवश्यक व्यवस्था गर्दै जानुपर्छ।
नियमित रुपमा सार्वजनिक हुने वित्तीय विवरणमा नाफा देखिए पनि यस प्रणाली अनुसार भने नाफामा पनि भारी गिरावट आएको छ। लक डाउनका कारण लामो समयदेखि सञ्चालक समितिको बैठक बस्न नसक्दा ढिला गरेर सञ्चालक समितिको बैंठक बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।