काठमाडौं- एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्त गर्ने यस अगाडिको सहमतिलाई सम्झौतापत्र मार्फत अगाडि बढाएको छ। दुवै बैंकले जेठ २५ अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले गत फागुन ८ गते मर्जरको सहमति गरेका थिए।
उक्त सहमतिपछि एनएमबी बैंकले कञ्चनलाई एक बराबर ०.८५ प्रतिशतको अनुपातमा प्राप्ती गर्ने छ। कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको यस बैंकको चुक्ता पुँजी ९८ करोड रुपैयाँ छ। ५ जिल्ला १७ वटा शाखा कार्यालय मार्फत बैंकिङ सुविधा उपलब्ध गराइरहेको कञ्चनपुरको नेटवर्कका लागि एनएमबीले मर्ज गरेको हो।
पछिल्लो समय एनएमबी साना विकास बैंकहरु प्राप्ती गरेर आफ्नो ‘सिनर्जी’ बटुलिरहेको छ। कतिपय वाणिज्य बैंकहरुले ठूला बैंकहरुसँग मर्ज हुनुभन्दा साना विकास बैंक गाभेर आफूलाई बलियो बनाउने प्रयास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।