प्रतीकात्मक फोटो
काठमाडौं- भरतपुर अस्पतालको कोभिड आइसियुमा राखी उपचार गरिएका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर नगरपालिका- ११ का ६८ वर्षीय पुरुष गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत थिए। अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उनमा कोरोना पोजेटिभ देखिएपछि जेष्ठ २६ गते बेलुका ७ बजे भरतपुर अस्पतालको कोभिड आइसियुमा राखी उपचार गरिएको थियो।
उनमा सुगर र प्रेसरको समस्या पहिलेदेखि रहेको बताइएको छ।
मृतकको शव व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढेको अधिकारीले बताए।
योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।