• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्ययनमा अब्बल बाबुराम राजनीतिमा अझै परीक्षार्थी!

64x64
वीरेन्द्र ओली सोमबार, जेठ २६, २०७७  २३:२६
1140x725

काठमाडौं- डा बाबुराम भट्टराई विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अध्ययनमा सहकर्मीभन्दा कहिल्यैपछि परेनन्। तर, राजनीतिक जीवनमा उनलाई प्रथम हुन सधैं हम्मेहम्मे परिरहेको छ। जीवनभर राजनीति गरेका उनी अझै राजनीतिको परीक्षा दिइरहेका छन्। विद्यार्थीका लागि 'बाबुराम' सफल आइकन हुन् भने राजनीतिक जीवनमा बाबुरामजस्तो हुन कसैले पनि चाहना राख्दैन। त्यसो हुनुको कारण उनको अन्तरमुखी स्वभाव र कार्यकर्तालाई संरक्षण नगर्ने व्यवहारले गर्दा भएको भन्ने धेरै राजनीतिकर्मीको बुझाइ छ। माओवादीमा हुँदा दोस्रो तहमा पुगेका डा भट्टराईले पुष्पकमल दाहाल प्रचण्डलाई कहिल्यै उछिन्न सकेनन्। उनले उक्त पार्टीसँग सम्बन्ध विच्छेद गरी नयाँ शक्ति पार्टी गठन गरे र आफूलाई पहिलो बनाए। तर, पार्टीले न ठूलो आकार लियो, न जनस्तरबाट अपेक्षित समर्थन प्राप्त गर्‍यो। 

नयाँ शक्तिका संयोजक डा भट्टराई फेरि दोस्रो नम्बरकै वरीयतामा झरे, समाजवादी पार्टी नेपालमा। उपेन्द्र यादवलाई नेता स्वीकारेर पार्टी एकता गरेका उनी राष्ट्रिय जनता पार्टीसँग उक्त पार्टी एक गरेर जनता समाजवादी पार्टी चौथो वरीयतामा पुगेका छन्। 

वरीयतामा उनको ओरालो यात्रामाथि कतिले दयाभाव प्रकट गरेका छन् भने कतिले कटाक्ष गरेका छन्। नेकपा माओवादीमै हुँदा अध्यक्षका लागि जोडबल गरेका उनी जनता समाजवादी पार्टीमा चौथो नम्बरका नेता बनिरहेका बाबुरामको त्यागलाई लिएर प्रशंसा गर्ने एउटा सानो समूह छ। तर, राजनीतिक जीवनमा उनको यात्रा ओरालोतर्फ लागिरहेको अनुमानसहित टिप्पणी गर्नेको संख्या अधिक छ।

अध्ययनका हिसाबले अब्बल बाबुराम राजनीतिक उचाईमा कमजोर हुँदा राजनीतिको सिँढीमा उनको यात्रा तलतिर धकेलिएको पूर्व माओवादी समूहका नेताहरु बताउँछन्। आफ्ना विचारमा अडिग हुन नसक्दा बाबुराम राजनीतिक उचाइ हासिल गर्न असफल भइरहेको उनीहरुको विश्लेषण छ। 

तर, नयाँ पार्टीमा बाबुरामले चौथो वरीयता स्वीकार गरेर जानुलाई सकारात्मक रुपमा लिनुपर्ने राजनीतिक विश्लेषक झलक सुवेदीको तर्क छ। जनमत र मुद्दामा मधेस केन्द्रित जसपामा आफू बाधक नभई सहयोगीको भूमिका निर्वाह गर्नु राजनीतिक रुपमा ठिक रहेको उनले टिप्पणी गरे। ‘माओवादीमा प्रचण्ड पहिलो वरीयतामा थिए नेकपामा दोस्रो वरीयतामा छन्। नेकपामा पूर्वप्रधानमन्त्री भईसकेका तेस्रो चौथो वरीयतासम्ममा पुगेका छन्,’ सुवेदीले भने, ‘राजनीतिमा वरीयताभन्दा पार्टीमा खेल्ने भूमिका महत्वपूर्ण हुन्छ। बाबुरामको पद र वरीयतालाई लिएर खिसीट्युरी गर्नुको अर्थ छैन।’

तर, जसपा नेता नवराज सुवेदीले पार्टीमा नेताहरुको पद र वरीयतामा हेरफेर हुने दाबी गर्छन्। ‘पार्टीमा दल दर्ता गर्दा दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव हुनुहुन्छ। वरिष्ठ नेता बाबुराम भट्टराई, आशोक राई र राजेन्द्र महतो हुनुहुन्छ,’ सुवेदीले भने, ‘पार्टीमा बाबुरामको पद र वरीयता हेरफेर हुनुका साथै अन्य पदाधिकारीको छिट्टै टुंगो लगाउँछौं।’

सरकारमा हुँदा अर्थपूर्ण काम
सरकारमा हुँदा बाबुरामले अत्यन्तै लाकप्रिय र दीर्घकालीन महत्वका काम गरेको योजना आयोगका तत्कालीन उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्। बाबुराम प्रधानमन्त्री भएको समयमा आफू राष्ट्रिय योजना आयोगमा भएकाले नजिकबाट चिन्ने अवसर पाएको उनी बताउँछन्। मधेस केन्द्रित दलको कमजोर धरातलमा बनेको बाबुराम सरकारले संविधान लेख्ने मुख्य जिम्मेवारी भएपनि उत्कृष्ट काम गरेको उनले स्मरण गरे।

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री हुँदा बाबुरामले १७ ठूला र दीर्घकालीन महत्व राख्ने आयोजनालाई राष्ट्रिय गौरवका आयोजना रुपमा परिभाषित गरेर अघि बढाउने काम गरेको उनी बताउँछन्। ‘भरतमोहन अधिकारीले ल्याएको बजेटमै काम गर्नुपर्ने थियो। आफैं बजेट ल्याएर काम गर्नुपर्ने अवस्था थिएन,’ क्षेत्रीले भने, ‘कसैलाई आपत्ति नहुने सम्झिन लायक काम गरौं भन्ने भएपछि राष्ट्रिय गौरवका आयोजना निर्धारण गरी जनशक्ति र स्रोत साधनको व्यवस्था गरियो। त्यसैलाई अहिले २१ वटा आयोजना पुर्‍याइएको छ।’ 

प्रधानमन्त्री हुँदा बाबुरामले काठमाडौंलगायत देशैभर सडक विस्तार गरेर देखाएका थिए। ‘सडक विस्तार गर्ने क्रममा धेरै ठूला चूनौति थिए र धम्की आए। बानेश्वरको एभरेष्ट होटल आएपछि सडक विस्तार नै राक्नुपर्ने अवस्था आयो,’ स्मरण गर्दै क्षेत्रीले भने, ‘बाबुरामजीले सकड विस्तार गर्न के कति सहयोग चाहिन्छ भन्नुहोला। आफै म त्यहाँ आउनुपर्छ भने आउन तयार छु भनेर दृढता देखाउनुभयो,’ उनले सम्झिए। 

राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रधानमन्त्रीका रुपमा सपथ लिँदै डा बाबुराम भट्टराई।

जनतासँग जोडिन बाबुरामले नीतिगत र व्यवहारिक रुपमा महत्वपूर्ण काम गरेका थिए। जनताका गुनाासा सुन्न जनतासँग प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालयमा हुने गरी हेलो सरकार, जनताको घरमा प्रधानमन्त्री भनेर धेरै समय जनताको घरमा बास समेत बसेका थिए। तत्कालीन माओवादीको सेना र हतियार व्यवस्थापन गर्नुका साथै केही नीतिगत निर्णय लिएका थिए।

अर्थमन्त्री हुँदा इतिहासकै सबैभन्दा राजस्व संकलन गरेर रेकर्ड नै ब्रेक गरेका थिए। ‘बाबुरामजीको राजनीतिक विचार र दृष्टिकोणमा धेरै जान चाहन्नँ। उहाँ राष्ट्रको लागि चाहिने एउटा दृढ व्यक्तित्व हो,’ क्षेत्रीले भने, ‘उहाँ(बाबुराम) मुलुकका लागि अहोरात्र खटिने  र चिन्ता गर्ने एक देशभक्त नेता हुनुहुन्छ।’ आर्थिक रुपमा समेत बाबुराम एकदमै पारदर्शी भएको क्षेत्रीले दाबी गरे। आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनियमितताको कुनै गन्धसमेत नभएको उनले बताए।

प्रचण्ड-बाबुराम द्वन्द्वले जन्मियो नयाँ शक्ति
माओवादी पार्टीमा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड' र बाबुराम भट्टराई एक अर्काका पर्यायवाची जस्तै थिए। प्रचण्डले बाबुराम नहुँदा आफू अपूर्ण महशु गर्थे भने बाबुरामले प्रचण्ड नहुँदा उस्तै ठान्थे। प्रचण्ड बाबुराम सम्बन्ध जनयुद्धदेखि शान्ति प्रक्रियासम्म एकता र संघर्ष दुवै हुँदै आएको नेता राम कार्की बताउँछन्। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्रचण्डभन्दा बाबुरामले ठूलो भूमिका खेलेको पूर्व माओवादी नेताहरुको बुझाई छ।

‘जनयुद्धदेखि नै बाबुरामजी स्पष्ट हुनुहुन्थ्यो। जनयुद्धबाट यदि क्रान्ति भएपनि भौगोलिक बनावटका कारण क्रान्ति जोगाउँन मुस्किल छ,’ बाबुरामको भनाई उद्घृत गर्दै कार्कीले भने, ‘नेपालको क्रान्ति जोगाउन दक्षिण एसियामा सबैभन्दा पहिले क्रान्ति हुनुपर्छ भन्ने थियो।’ माओवादी आन्दोलनलाई गणतन्त्रसम्म मात्रै पुर्‍याउने भन्नेमा बाबुराम उहिल्यैदेखि 'कन्भिन्स' भएको कार्कीले बताए।

‘बाबुरामले हामी पुग्ने तत्काल गणतन्त्रसम्म हो। त्यो गणतन्त्र बुर्जुवाको हुन्छ कि सर्वहाराको त्यो हामीमा भर पर्छ,’ कार्कीले बाबुरामको त्यो बेलाको भनाइ स्मरण गर्दै भने, ‘हामीले गणतन्त्रलाई बुर्जुवाको हुन नदिई सर्वहाराको हुन दिए समाजवादसम्मको यात्रा तय गर्न सक्छौँ। नभए त्यहीँ बिलाउँछौं।’

माओवादीमा प्रचण्डले दायाँबायाँ दुईजना विद्वान् थिए। मार्क्सवाद र पूर्वीय दर्शनका ज्ञाता मोहन वैद्य ‘किरण’ एकातिर थिए भने अर्कोतिर अर्थ राजनीतिसँगै विश्व बुझेका र घटनाक्रमलाई मसिनो गरी केलाउन सक्ने डा भट्टराई थिए। वाककलामा निपुण प्रचण्डको नेतृत्वले वैद्य र बाबुरामको साथ पाएपछि पार्टीको 'चार्म' निक्कै माथि रहेको कार्की बताउँछन्।

प्रचण्ड (दायाँ) बाबुरामका साथमा। 

पार्टीमा प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै वैद्यले ०६९ साल माओवादीसँग सम्बन्ध विच्छेद गरे। वैद्यले माओवादीसँग सम्बन्ध विच्छेद गरेपछि पार्टीमा प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ मात्रै निर्णायक ठाउँमा भए। पार्टीमा प्रचण्डले एकलौटी निर्णय गर्नुका साथै डा बाबुरामलाई भारतपरस्त भएको आरोप लगाउन थालेपछि उनले आफ्नै घर बिरानो देख्न थालेका हुन्। प्रचण्डकै आडभरोसामा डा बाबुरामलाई यस्तो आरोप लाग्न थालेको थियो। उता डा बाबुरामले पार्टीमा आफू नै धेरै जान्ने सुन्ने र बौद्धिक दम्भ भएको प्रचण्डलाई देखाउन थालेपछि पार्टीको पेलानमा परेका थिए।

आफ्नै पार्टीका नेताहरुले दलालको संज्ञा दिँदै दुत्कार्न थालेपछि नयाँ घरको खोजी गर्न थालेका थिए बाबुराम। ३ असोज ०७२ मा संविधान घोषणा गरे लगत्तै असोज ९ गते माओवादीलाई चर्किएको घर संज्ञा दिँदै पत्रकार सम्मेलन गरेरै उनले पार्टी त्यागे। बाबुरामको माओवादी पार्टी त्याग्नेसम्मको धम्की तेस्रोपटक थियो। सोभन्दा अघि पनि जनयुद्धकालमा एकपटक र हेटौँडा महाधिवेशनका क्रममा दोस्रो पटक उनले पार्टी त्याग गर्ने बताइसकेका थिए। तेस्रो पटकको गृहत्याग मात्रै होइन, मार्क्सवादसमेत त्यागेको घोषणा गरे। माओवादी त्यागपछि बाबुरामलाई नयाँ शक्तिसम्म मात्रै नभई क्षेत्रीय मुद्दा बोक्दै आएको मधेस केन्द्रित दलसम्ममा पुर्‍याएको छ। 

नयाँ शक्तिले 'हावा' खाएपछि मधेस झरे बाबुराम
माओवादीमा हुँदा दोस्रो तहका प्रभाशाली नेता बाबुरामले २०७० फागुन २५ गते 'नयाँ शक्तिको खाँचो’ शीर्षकको लामो लेख लेखेर बहस प्रारम्भ गरेका थिए। माओवादीप्रति असन्तुष्ट जानाउँदै बाबुरामले नयाँ वैकल्पिक शक्ति आवश्यक भएको भन्दै बहस प्रारम्भ गरेका थिए। उनको लेखलाई लिएर देशैभर लामो समय बहस र छलफल चल्यो। यस बहसमा कम्युनिस्ट मात्रै होइन, गैरकम्युनिस्टले समेत वैकल्पिक नयाँ शक्ति खाँचो भएको भन्दै साथ दिए।

बाबुरामलाई पार्टीमा साथ दिएका धेरै शुभचिन्तक पार्टी गठन हुने बेलामा पुरानै शक्तितिर फर्किएका थिए। बाबुरामले जेठ ३० गते ०७३ साल दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा गर्दा सोचे जति शुभचिन्तकको साथ पाएनन्। पार्टी घोषणा हुने दिन पत्रपत्रिकादेखि सडकमा समेत पार्टीको आक्रामक प्रचार गरेपनि बाबुरामलाई पहिलो गाँसमै ढुंगा लागेको थियो। 

नयाँ शक्तिमा सचेत युवा राजनीतिज्ञ भन्दा सेवानिवृत्त प्रहरी, सेना, निजामति कर्मचारी, कलाकार, राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका कामबाट रिटायर्ड व्यक्ति साथ दिन आए। राजनीतिक पृष्ठभूमि भएका नेता भएपनि उमेरले पाका नेता नयाँ शक्तिमा जोडिए। वैकिल्पक नयाँ शक्ति भनिएपनि माओवादी पृष्ठभूमिका नेता भएकाले धेरैले नयाँ शक्तिलाई 'नयाँ बोतलको पुरानो रक्सी' भएको भन्दै आलोचना गरे। नयाँ शक्तिमा कम्युनिस्ट गैरकम्युनिस्ट, कर्मचारीलगायत विभिन्न क्षेत्रमा व्यक्तिहरु जोडिदै गएपछि खिचडीजस्तै हुन पुग्यो।

पार्टीको शक्ति बढ्ने भन्दा घट्दै जान थालेपछि बाबुरामले शक्तिमा आउन अनेक प्रयत्न गरे। बाम तालमेलमा सहभागी हुने प्रयास गरे। निर्वाचन जित्न कांग्रेससँग तालमेल गरे। नयाँ शक्ति पार्टी बलियो हुने भन्दा झन् कमजोर हुन थालेपछि उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकताका लागि हात अघि बढाए। 

उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता घोक्षणा सभामा सहमतिको प्रति साटासाट गर्दै डा बाबुराम भट्टराई।

फोरम र नयाँ शक्तिबीच २३ बैशाख ०७६ मा एकता भएपछि संसदको तेस्रो ठूलो शक्ति हुन पुग्यो। बाबुरामको तत्कालीन फोरमसँग एकता गरेपछि पार्टीगत रूपमा मधेशसँग संम्बन्ध जोडेका थिए। त्यो भन्दाअघि संविधान घोषणा गर्न आफैंले महत्पूर्ण भूमिका खेलेका बाबुराम संविधानलाई 'आधा गिलास मात्र भरिएको' भन्दै मधेस झरेका थिए। बाबुरामको त्यो मधेस यात्रालाई धेरैले आलोचना मात्रै नभई द्वैध चरित्र देखएको भन्दै ढोँगी भनेर आलोचना गरेका थिए।

समाजवादी पार्टी र राजपा आइतबार नवगठित दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्न दस्तावेज बुझाउन पुगेसँगै उनी पनि मधेस राजनीतिको केन्द्रमा छिरेका छन्। मधेस केन्द्रित जनमत र एजेन्डा भएपनि राष्ट्रिय पार्टीको रुपमा नेताहरूले व्याख्या गर्दै आएका छन्। तराई, पहाड र हिमाल समेट्ने गरी राष्ट्रिय पार्टी निर्माण भएको घोषणा गरिएको छ। तर, राष्ट्रिय पार्टीको दाबी गरेपनि मधेस केन्द्रित दलका नेताभन्दा पहाड र हिमाली क्षेत्रमा नेता निर्वाचनका दृष्टिकोणले अझै असुरक्षित छन्।

पत्नी हिसिला यमीका साथमा डा बाबुराम भट्टराई।

जनमत र एजेन्डाले कमजोर भएकाले बाबुरामलाई दोस्रो वरीयतामा राख्ने भनिएपनि चौथो वरीयतामा धकेलिएको छ। तर, बाबुराम भट्टराई निकट नेता नवराज सुवेदीले जनता समाजवादी पार्टीमा वरीयता मिलाउनै बाँकी रहेको तर्क गरे। पार्टी दर्ताको प्रक्रिया पूरा भएपनि पद र वरीयता मिलाउन बाँकी भएकाले बाबुराम भट्टराईको त्यागलाई गलत रुपमा व्याख्या गर्न नमिल्ने सुवदीको तर्क छ। 

बाबुरामको राजनीतिक उतारचढाव शृंखला
राजु नेपालबाट बाबुरामले २०३९ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए। मोहनविक्रम सिंह नेतृत्वको पार्टीमा धेरै समय राजनीति गरे। 

२०४८ सालमा मोहनविक्रम सिंह नेतृत्वको मशाल छोडेर एकता केन्द्र मशालमा जोडिए। 

फागुन १ गते २०५२ सालमा जनयुद्धमा होमिए। 

२०५५ सालमा माओवादी पार्टीको चौथो महाधिवेशनमा प्रचण्डसँग अन्तरविरोध सुरु

२०६२ साल जेठमा रुकुमको लाभाङमा बसेको बैठकले बाबुराममाथि कठोर कारबाहीको निर्णय

२०६२ असोजमा बसेको चुनाव बैठकले बाबुराममाथिको कारबाही फुकुवा लगत्तै १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रिया सुरु

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेर गोरखाबाट निर्वाचित

२०६५ साल अर्थमन्त्री भई सबैभन्दा धेरै राजस्व संकलन गरेर रेकर्ड ब्रेक 

२०६७ सालमा माओवादीको पालुङटार बैठकमा बाबुरामद्वारा शान्ति र संविधानको लाइनमा अडान

५ भदौ ०६८ सालमा एकीकृत माओवादीबाट प्रधानमन्त्री

२०६९ सालमा माओवादीको हेटौंडा महाधिवेशनमा उपाध्यक्ष पद त्याग गर्दै केन्द्रीय सदस्यमा मात्र बस्ने उद्घोष

२५ फागुन ०७० मा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लामो लेख लेखेर नयाँ बहस प्रारम्भ  

३ असोज ०७२ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पदत्याग

६ र ७ असोज ०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्व एमाओवादीको राष्ट्रिय भेला आह्वान 

३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा

१७ असोज २०७४ सालमा तत्कालीन एमाले-माओवादी केन्द्रबीचको चुनावी तालमेलसहित एकता घोषणा कार्यक्रममा नयाँ शक्तिबाट डा बाबुराम भट्टराई सहभागी, लगत्तै प्रदेश प्रतिनिधिसभा निर्वाचनमा भागबण्डा नमिलेपनि कांग्रेससँग तालमेल गरी निर्वाचनमा सहभागी।

२३ बैशाख ०७६ साल तत्कालीन फोरम र नयाँ शक्तिबीच एकता गरी समाजवादी पार्टी गठन

१० बैशाख ०७७ समाजवादी पार्टी र राजपाबीच एकता गरी जनता समाजवादी पार्टी गठन 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  २३:२६
  • #बाबुराम-भट्टराई

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश फिर्ताको कारणबारे आफू हाल अध्ययन र बुझाइको प्रक्रियामा रहेको उ... आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त विषयमा सरकारलाई स्पष्ट कार्ययोजना बनाउन आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झ... आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्दा उठाएका आधार र कारणलाई नै दोहोर्‍याउँदै राष्ट्रपतिले अध्यादेश पुनः विच... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्