प्रतीकात्मक तस्बिर।
काठमाडौं- स्याङ्जास्थित गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुखले आत्महत्या गरेका छन्। गल्याङ नगरपालिका-२ घर रहेका लिला बल्लव भण्डारीले आइतबार आत्महत्या गरेका हुन्। आइतबार बिहानदेखि परिवारसँग बेखबर भएका उनको शव साँझ झुण्डिएको अवस्थामा भेटिएको थियो। आफ्नै गाउँ वटुवा नजिक ४६ वर्षका उनले आत्महत्या गरेका थिए।
भण्डारी पछिल्लो समय कोरोना संक्रमण नियन्त्रण र रोकथामका कार्यक्रममा सक्रिय भएर लागेका थिए। स्वास्थ्य शाखाबाट नगर अस्पतालको रुपमा विकास गर्न उनले अग्रणी भूमिका खेलेका थिए। झुण्डिएको स्थानमा सुसाइड नोट भेटिएको भए पनि उल्लेखित विषय खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।