प्रतीकात्मक फोटो
काठमाडौं- नेपाल विद्युत् प्राधिकरण, रंगेली वितरण केन्द्र, मोरङका तत्कालीन हेल्पर (म्यादी) अरुण कुमार गुरुङले ८ लाख ७३ हजार ५४२ हिनामिना गरेको पाइएको छ।
गुरुङ्गले ग्राहकहरुले बुझाइसकेको विद्युत महसुलबाट आर्थिक वर्ष ०६८/०६९ र २०६९/०७० मा उक्त रकम हिनामिना गरेको पाइएको हो।
सो केन्द्रको एउटा आय काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको भन्ने उजुरीका आधारमाा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा ग्राहकको नाममा उक्त हिनामिनाबाट बक्यौता देखिएको अख्तियारले जनाएको छ।
सोहीअनुसार नियमानुसारको रिबेट तथा थप दस्तुरसहितको महसुल रकम रु ८ लाख ७३ हजार ५४२ रुपैया १४ पैसालाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिमको कसुरमा कैद गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना कायम गराउन अख्तियारले मागदाबीसहित विशेष अदालत काठमाडोंमा आरोप पत्र दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।