धनगढी- सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दुई सुत्केरीको उद्धार गरेको छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षिया निर्मला खडका र कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २९ वर्षीया सुत्केरी महिलाको उद्धार गरेको हो।
वयलपाटा अस्पतालमा उपचार गराइरहेकी खडकाको आन्द्रा बेरिएको र तामाङको जटिल अवस्था रहेको मन्त्रालयले जनाएको छ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा उनीहरुको उद्धार गरिएको हो।
हेलिकाप्टर मार्फत उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।