काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान सरकारलाई चकलेटी सरकारको संज्ञा दिएका छन्। चकलेटमा भन्सार कर घटाएको प्रति उनले आपत्ति जनाउँदै जनाएका हुन्।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दोहोरो चरित्र देखाएको उनले आरोप लगाएका छन्। सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाएर निजी विद्यालय खोल्ने शिक्षामन्त्रीको तयारी रहेको भन्दै उनले आपत्ति जनाए।
विनियोजन विधेयकको सन्दर्भमा संसदमा बोल्दै नेता खाँणले भने, ‘निजी विद्यालय चाँहि खुलाएर सरकारी विद्यालय क्वारेन्टाइन बनाउने?’ शिक्षामन्त्रीले भर्ना लिन्छु, भर्ना लिन्छु,’ भन्नु नीजि विद्यालयलाई पोस्ने बोली भएको बताए।
त्रिभुवन विश्वविद्यालयलेमा दरबन्दीमा कार्यरत प्राध्यापकले लकडाउनपछि तलब नपाएको सरकारलाई स्मरण गराए। सीमा क्षेत्रमा पुग्ने भूभागसम्म जोड्ने बजेट नछुट्याइएको प्रति आपत्ति जनाए। उनले भने, ‘नक्सामा मात्रै भूमि ल्याउने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।