काठमाडौं- विद्युतीय सवारी अहिले पनि डिजेल/पेट्रोलबाट चल्ने कारभन्दा महगो छ। यसको प्रमुख कारण हो, ब्याट्री प्रविधि। विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको लागत नै महंगो भएकाले हालसम्म पनि विद्युतीय सवारी पैसा हुने र सौखिनहरुले मात्र प्रयोग गरिरहेका छन्।
यस्तैमा अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले धेरै माइलेज दिनसक्ने कम मूल्यको ब्याट्री उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। रोयटर्समा आएको रिपोर्ट अनुसार इनभर्स डटकमले टेस्लाले एक चिनियाँ कम्पनीसँगको सहकार्यमा सस्तोमा ब्याट्री निर्माणको काम गरिहेको छ।
चीनको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड(सिएटिएल) सँगको जोइन्ट भेन्चरमा टेस्लाले बनाउने नयाँ ब्याट्रीको प्रयोगबाट बन्ने कार डिजेल/पेट्रोलबाट चल्ने कारको मूल्य सरह वा त्योभन्दा कम हुने दाबी गरिएको छ त्यसरी बिक्री गरिने कारमा समेत नाफा हुने जनाइएको छ। पहिलो चरणमा उत्पादित ब्याट्री चीनमै बन्ने कारमा प्रयोग गरिनेछ। नयाँ ब्याट्री टेस्लाकै व्यवस्थापनमा सार्वजनिक हुनेछ
सिएटिएलले बनाउने ब्याट्री प्याक ८० डलर प्रतिकिलोवाट आवरभन्दा कम हुने दाबी गरिएको छ। यो मूल्यमा ब्याट्री उत्पादन भए पनि विद्युतीय सवारी सामान्यका चढ्ने मानिसको पहुँचमा समेत पुग्नेछ। टेस्लाले २०१६ मा कार उत्पादन गर्दा प्रतिकिलोवाट आवर ब्याट्रीको मूल्य १ सय ९० डलर थियो। टेस्लाले २०२० को अन्त्यसम्ममा उक्त मूल्य १ सय डलरमा कामय गर्ने लक्ष्य राखेको थियो। १ सय डलर वा त्योभन्दा कम प्रतिकिलोवाट आवर ब्याट्री प्याक बन्यो भने विद्युतीय कार निक्कै सस्तो हुनेछ।
इभीको व्याट्री अनुसन्धान सम्बन्धी संस्था एसएपीका ग्लाबल उपाध्यक्ष टम रेफ्ट्रीले २०१८ मा ब्याट्रीको मूल्य प्रतिकिलोवाट आवर १ सय डलरभन्दा कम भयो भने इभी र आसिइ सवारीको मूल्य प्रतिस्पर्धी हुने बताएका थिए। सस्तो ब्याट्री उत्पादन हुनु टेस्लाका विजय हो, जसका कारण विद्युतीय सवारी मेनस्ट्रिम कार बजारमा सहजहरुमा बिक्री हुनेछ।
टेस्लाका कार धेरैको चासोमा परे पनि मूल्यका कारण किन्न सकिरहेका छैनन्। टेस्लाले हालसम्म १० लाख कार बिक्री गरेको छ। जबकी अर्को अमेरिकी कम्पनी जनरल मोटरले गत वर्ष मात्र करिब ८० लाख कार बिक्री गरेको थियो।
टेस्लाले अमेरिकाका साथै चीनमा समेत प्लान्ट स्थापना गरेर कार उत्पादन थालिसकेको छ। सस्तोमा बनेको ब्याट्री प्रयोग भएर आउने विद्युतीय कार आइसी इन्जिनयुक्त कारसँग प्रतिस्पर्धी भयो भने विद्युतीय कारको माग तथा बिक्री बढ्ने निश्चित छ।
नेपालमा पनि विद्युतीय सवारी आइरहेको भएपनि महगो मूल्यका कारण बजार लिन सकिरहेको छैन। त्यसैले सस्तो प्रविधिका ब्याट्री बन्नु नेपालजस्तो मुलुकका लागि फाइदा नै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।