काठमाडौं- राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कोरोना पीडित परिवारलाई राहत वितरण गर्न सरकार असफल भएको बताएकी छिन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै पौडेलले कोरोना पीडित जनतालाई राहत वितरणमा व्यवस्थित गर्न नसक्दा सरकार असफल भएको बताएकी हुन्।
आगामी आर्थिक वर्षको बजेटलाई समाजवाद उन्मुख भनिए पनि कृषिमा भूमि सुधार गर्दै उद्योगहरुलाई विदेशी पुँजीको संरक्षणबाट मुक्त गर्नुपर्ने पौडेलको भनाई छ। सरकारका काम कारबाहीले जनअसन्तुष्टि बढ्दै गएको बताउँदै पौडेलले सरकारकै गतिविधिले प्रतिगामी शक्तिहरुलाई बल पुगेको बताइन्।
शिक्षाको निजीकरणलाई कम गर्दै लग्नुपर्नेमा त्यस सम्बन्धी कुनै ठोस योजना ल्याउन नसकेको भन्दै पौडेलले आलोचना गरिन्। ‘अहिलेको शिक्षा प्रणाली शिक्षित वेरोजगार बढ्दै जादा युवाहरुको विदेश पलायन भयो’, उनले भनिन्, ‘हरेक स्थानीय तहमा एक प्राविधिक शिक्षा भनिए पनि व्यवहारमा जान नसकिएको छैन। प्रविधिक र व्यवसायिक शिक्षामा सरकारको अझै ध्यान जान सकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।