काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)बाट १ सय ६८ नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुगेको छ। एयर अरेबियाको उडान नम्बर जी ९ः १७५१ को उडानबाट ती नेपाली काठमाडौं आएका हुन्।
युएईको स्थानीय समय अनुसार दिउँसो १२ः ०३ मा उडेको सो जहाज शुक्रबार करिब साढे ५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
युएईबाट सरकारले प्राथमिकता तय गरेअनुसार गर्भवती, बिरामी, खान बस्न समस्या भएर अलपत्र परेका ल्याउने भनिएको थियो। युएईस्थित नेपाली दूतावासले पनि सोहीअनुसार सूची तय गरेको थियो। तर दूतावासले प्राथमिकताका आधारमा तय गरेको सूचीअनुसारका व्यक्ति सो उडानमा छैनन्।
उडानमा विभिन्न कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत व्यक्तिहरु रहेको दूतावासले जनाएको छ। जहाजमा एउटा शवसमेत रहेको छ।
शुक्रबार नै बर्मामा अलपत्र नेपालीको पनि उद्धार गरिएको छ। बर्माबाट २६ नेपाली काठमाडौं आइपुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।