काठमाडौं- सरकारले ल्याएको बजेटको मन्त्रालयगत छलफल शुक्रबारबाट सुरु हुँदैछ। प्रतिनिधि सभामा शुक्रबार सात मन्त्रालयमाथि सांसदहरुले टिप्पणी गर्नेछन्।
कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा जेष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, भूमि व्यवस्था तथा सहकारी र युवा तथा खेदकुद मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि शुक्रबार छलफल हुनेछ।
सांसदहरूले उक्त मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि आफ्नो धारणाा राख्दै संशोधन प्रस्ताव समेत राख्नेछन्। शनिबार र आइतबार बाँकी मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। २६ गते सांसदहरूले राखेका संशोधन र धारणामा मन्त्रीहरूले जवाफ दिने कार्यसूची संसद सचिवालयले तयार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।